Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

डेनिस प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बिच बेलायती समकक्षीसँग भेट्दै

खबरडबली संवाददाता

कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै छन् । 

फ्रेडरिक्सनको कार्यालयअनुसार लन्डनमा हुने बैठक ‘युरोपमा सुरक्षा’ मा केन्द्रित हुनेछ । “हामीलाई बलियो युरोप चाहिन्छ जसले नेटोमा बढी योगदान गर्छ र आफ्नै खुट्टामा बढी उभिन्छ”, विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको विशेष उल्लेख नगरी ग्रिनल्यान्ड स्वायत्त डेनिस क्षेत्र हो भन्ने फ्रेडरिक्सनको भनाइ उदृत गर्दै भनिएको छ, “एकै साथ हामीले दोस्रो विश्वयुद्धदेखि शान्ति र समृद्धिको आधार रहेको ट्रान्सएटलान्टिक साझेदारी कायम राख्न हाम्रो भूमिका निर्वाह गर्नुपर्छ ।”

ट्रम्पले संयुक्त राज्यको हिस्सा बन्न उनि आर्कटिक टापु चाहने बारम्बार सङ्केत दिए । ग्रिनल्यान्ड रणनीतिकरूपमा महत्त्वपूर्ण छ र ठुलो अप्रयुक्त खनिज र तेल भण्डारहरू छन् भन्ने विश्वास गरिन्छ । सप्ताहन्तमा प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ग्रिनल्यान्ड अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’का लागि ‘वास्तवमै महत्त्वपूर्ण’ भएको बताए । 

“स्पष्टसँग भन्नुपर्दा ग्रिनल्यान्डलाई नियन्त्रण गर्ने डेनमार्कले आफ्नो काम गरिरहेको छैन र यो राम्रो सहयोगी पनि छैन”, भान्सले भने । सोमबार फ्रेडरिक्सनले डेनमार्क ‘संयुक्त राज्य अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण र उत्कृष्ट सहयोगीहरू मध्ये एक हो’ भनी जोड दिए । गत हप्ता उनले ट्रम्पको धम्कीविरुद्ध युरोपेली सङ्घका परम्परागत शक्ति केन्द्रहरूबाट समर्थन लिन पेरिस र बर्लिनको भ्रमण गरेका थिए । 

ट्रम्प राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले ग्रिनल्यान्डवासीहरू ‘अमेरिकी हुन चाहँदैनन्’ भनी जोड दिए । डेनमार्कका नेताहरूले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो भन्ने कुरामा जोड दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE