मनाङ । मनाङको जङ्गलमा झन्डै चार वर्षपछि आगलागी भएको छ । २०७७ साल मङ्सिर २ गतेदेखि सल्केको आगोले तत्कालीन अवस्थामा १२ सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट गरेको थियो ।
दुई महिनासम्मको अथक प्रयासपछि मात्रै सो आगलागी नियन्त्रण आएको थियो, त्यो पनि हिउँ परेपछि मात्रै । त्यसको ४ वर्षपछि तिमाङको जङ्गलमा शुक्रबारदेखि आगलागी भएको छ । यो आगलागी पनि नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको आगो मङ्गलबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाका तीनवटै सुरक्षा निकाय आगो निभाउनका लागि परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । यद्यपि आगो निभाउने प्रयास भने जारी छ ।
मानव बस्ती भन्दा टाढाको भूगोलमा आगलागी भएकाले त्यति जोखिम नभएको प्रजिअ आचार्यले बताए । मङ्गलबार पनि तीनवटै सुरक्षा निकायका टोली र स्थानीय आगलागी नियन्त्रणमा खटिए पनि सफलता हात पर्न सकेको छैन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको बताए । उनले सुक्खा याम तथा भिरालो भूगोल भएकाले नियन्त्रणमा लिन कठिन भएको बताए । यसपालि हिउँ नपर्नु तथा सुख्खायाम हुँदा वनजङ्गलमा रहेका काठका ठुटा, रुखमा रहेका झ्याउ, पातपतिङ्गर, सुकेका घाँस आदिले गर्दा आगो झन्झन् फैलिएको छ ।
आगलागीबाट वनका अमूल्य जडीबुटी नाश हुने जोखिम बढेको छ । एकातिर वन लसुन, लौठसल्ला, जटामसी, पाँचऔँले, गुच्ची च्याउलगायत जलेर नष्ट हुने जोखिम बढेको छ भने अर्कोतिर वन्यजन्तु तथा चराचुरुङ्गी वासस्थानमा पनि प्रभाव परेको छ ।
चौंरी, भेडाबाख्रा, च्याङ्ग्राको चरन क्षेत्र नाश हुने सम्भावना बढेको प्रमुख भुजेलले जानकारी दिए । मनाङमा यही मङ्सिर यता मात्रै ताल, आइसलेक तथा पिसाङ भीरमा आगलागी भइसकेको छ । विगत वर्षहरूको जस्तो जोखिम बढ्न नदिन सतर्क रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: