Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

चितवनमा पनि रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता हुने

खबरडबली संवाददाता

चितवन । चितवनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता हुने भएकाे छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा चितवनमा भाेली मंगलबार सरकारी वकिल कार्यालय चितवनले लामिछानेविरुद्ध मुद्दा दायर गर्ने भएकाे छ । 

जिबी राईको समूहले सञ्चालन गरेको सहारा चितवन बहुउदेश्यीय सहकारीको रकम हिनामिनामा लामिछानेसहित थप १४ जनालाई मुद्दा चलाउन लागिएको छ । मुल मुद्दा गत ८ असोजमा दायर भइसकेको छ । त्यतीबेला सहकारी ठगी मुद्दा मात्र दायर भएकोमा यसपटक संगठित अपराधको कसुर समेत जोडेर मुद्दा दायर हुन लागेको हो ।

थप १४ जनाविरुद्ध करिब ३८ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी सरकारी वकिल कार्यालयको छ ।  सो सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडियामा  लगिएको र लामिछानेले चेक काटेर खर्च गरेको आधारमा उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनका प्रमुख शान्ति प्रसाद लुईटेलका अनुसार मंगलबार पूरक अभियोगपत्र दायर हुने सम्भावना छ । ‘यसअघि करिब ३७ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो,’ उनले भने,‘सहकारीका २५ जना सदस्यले थप ४३ लाख रुपैयाँको जाहेरी दिनुभएको छ, त्यसलाई पनि जोडेर मुद्दा चलाउँछौं ।’

यसअघि प्रत्यक्ष रुपमा सहकारी ठगीमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको थियो । यसपटक सहकारीबाट गएको रकम खर्च गर्ने भूमिकामा रहेकालाई पनि प्रतिवादी बनाउन लागिएको छ । संसदीय छानविन समितिले समेत सहकारीबाट पैसा  लैजाने भूमिकामा लामिछानेको संलग्नता नदेखिएको भनेर प्रतिवेदन दिदा पनि उनलाई मुद्दा चलाइएको रास्वापाको दाबी छ । 

लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दायर भइसकेको छ । जसमा कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । पर्सामा पनि प्रहरीले अनुसन्धान टुंगाएर सरकारी वकिललाई फाइल बुझाउने तयारी गरेको प्रहरीले जनाएकाे छ । 

जिबी राईको समूहले सञ्चालन गरेका विभिन्न सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडियामा  लगिएको र प्रबन्ध निर्देशकका रुपमा लामिछानेले पनि त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending