माेरङ । मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो ।
सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो ।
‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ ।’ पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार बिहान ९ बजे खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ ।
सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद चोरी भएको छ । यसबाहेक विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ । कार्की मुख्यतया पूर्वमा एप्पल कम्पनीको आइफोन मोबाइलका रिटेलर व्यवसायीको रुपमा परिचित छन् । उनले आइफोन नयाँ र पुराना (सेकेन्डह्यान्ड) मोबाइल बिक्री गर्दै आएका छन् ।
यसबाहेक उनले सामसङ, रियलमी, रेडमी कम्पनीका मोबाइलहरू बिक्री गरिरहेका छन् । ‘एप्पलका नयाँ र पुराना मात्रै गरेर एक करोड रुपैयाँको मोबाइल चोरी भएको छ,’ कार्कीले भने, ‘विभिन्न ब्रान्डका मोबाइल गरेर ३५० थान चोरी भएको छ ।’
सबै विवरण मूल्यांकन गर्दा तीन करोड बढीको सामान चोरी भएको कार्कीले बताए । उनका अनुसार चोरी गर्ने समूहले उर्लाबारी चोकबाट दुई सय मिटर पश्चिममा बोरामा खोल फालेर मोबाइल तथा चार्जरहरू लगेको देखिएको बताए ।
‘सञ्चालकले तीन-चार करोडको सामान हराएको भन्नुभएको छ, के कति चोरी भएको हो अनुसन्धान समूहले विस्तृत विवरणको लेखा-जोखा गरिरहेको छ,’ प्रहरी उपरीक्षक चिमरियाले भने ।
सञ्चालक कार्कीले आफ्नो व्यवसायमा ठूलो नोक्सानी भएकाले चाँडो अनुसन्धान गरी चोरी गर्ने समूहलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘मेरो सर्वस्व लुटिएको छ, चोरी गर्ने समूहको पहिचान चाँडै होस्, म न्यायको प्रतिक्षामा छु,’ कार्कीले भने ।
कार्की विगत १८ वर्षदेखि उर्लाबारीमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन् । यसअघि २०८० साल भदौमा समेत कार्कीको पसलबाट लाखौंको चोरी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: