Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

माेरङकाे उर्लाबारीमा रहेकाे एक पसलबाट तीन करोड बढीको मोवाइल चोरी

खबरडबली संवाददाता

माेरङ । मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो ।

सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो ।

‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ ।’ पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार बिहान ९ बजे खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ ।

सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद चोरी भएको छ । यसबाहेक विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ । कार्की मुख्यतया पूर्वमा एप्पल कम्पनीको आइफोन मोबाइलका रिटेलर व्यवसायीको रुपमा परिचित छन् । उनले आइफोन नयाँ र पुराना (सेकेन्डह्यान्ड) मोबाइल बिक्री गर्दै आएका छन् ।

यसबाहेक उनले सामसङ, रियलमी, रेडमी कम्पनीका मोबाइलहरू बिक्री गरिरहेका छन् । ‘एप्पलका नयाँ र पुराना मात्रै गरेर एक करोड रुपैयाँको मोबाइल चोरी भएको छ,’ कार्कीले भने, ‘विभिन्न ब्रान्डका मोबाइल गरेर ३५० थान चोरी भएको छ ।’

सबै विवरण मूल्यांकन गर्दा तीन करोड बढीको सामान चोरी भएको कार्कीले बताए । उनका अनुसार चोरी गर्ने समूहले उर्लाबारी चोकबाट दुई सय मिटर पश्चिममा बोरामा खोल फालेर मोबाइल तथा चार्जरहरू लगेको देखिएको बताए ।
‘सञ्चालकले तीन-चार करोडको सामान हराएको भन्नुभएको छ, के कति चोरी भएको हो अनुसन्धान समूहले विस्तृत विवरणको लेखा-जोखा गरिरहेको छ,’ प्रहरी उपरीक्षक चिमरियाले भने ।

सञ्चालक कार्कीले आफ्नो व्यवसायमा ठूलो नोक्सानी भएकाले चाँडो अनुसन्धान गरी चोरी गर्ने समूहलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘मेरो सर्वस्व लुटिएको छ, चोरी गर्ने समूहको पहिचान चाँडै होस्, म न्यायको प्रतिक्षामा छु,’ कार्कीले भने ।

कार्की विगत १८ वर्षदेखि उर्लाबारीमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन् । यसअघि २०८० साल भदौमा समेत कार्कीको पसलबाट लाखौंको चोरी भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: