Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सिरियाली अन्तरिम राष्ट्रपति मङ्गलबार टर्कीए जाने

खबरडबली संवाददाता

इस्तानबुल । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका लागि मङ्गलबार टर्कीको भ्रमण गर्ने टर्कीएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले आइतबार साउदी अरबको भ्रमण गरी सिरियाको आफ्नो नेतृत्वलाई समर्थन र सहयोगका लागि कुटनीतिक पहल गरेका थिए । युद्धग्रस्त सिरियाले पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न र आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी मुलुकहरूलाई खोजिरहेको छ ।

“सिरियाली अन्तरिम राष्ट्रपति अल–शारा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मङ्गलबार अङ्काराको भ्रमण गर्नुहुनेछ,” राष्ट्रपति कार्यालयका सञ्चार प्रमुख फहरेटिन अल्टुनले सोमबार एक्समाफैत् जानकारी दिए । शारासँग घनिष्ठ सम्बन्ध रहेको टर्कीएले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलेको छ र आफ्ना गुप्तचर प्रमुख र विदेशमन्त्रीलाई नयाँ नेतासँग वार्ताका लागि पठाएको छ ।

टर्कीएको राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा एर्दोआन र अल–शाराबीच हुने भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षाका लागि चाल्नुपर्ने संयुक्त कदममा केन्द्रित हुने अल्तुनले बताए ।

“सिरियाले लामो समयदेखि सत्तामा रहेका बसर अल असदलाई सत्ताच्युत गरी ‘आफ्नो स्वतन्त्रता पुनः प्राप्त गरेपछि’ पुनः स्थापित भएको टर्कीए–सिरियासम्बन्ध थप मजबुत हुनेछ र यसले नयाँ आयाम प्राप्त गर्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: