लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताएका छन् । विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।
सोमबार लमजुङको मर्स्याङदी गाउँपालिका –८ सिमलचौरमा निर्मित भूमिगत सिँचाइ आयोजनाको उदघाटन गर्दै सञ्चारमन्त्री गुरूङले अस्थिर सरकार बन्दा मुलुकको व्यवस्थामाथि नै प्रश्न उठेपछि दुई ठुला दलहरू मिल्नुपरेको बताए । ‘प्रचण्डजीले सरकार ढल्छ भन्नेकुरा, माधवजीले भन्नेकुरा, अरू साना दलहरू रास्वपा, राप्रपाले भन्नेकुरा बेकारका हुन, मन्त्री गुरूङले भने, ‘झिङ्गाको श्रापले डिङ्गा मर्दैन भन्छन नि त्यस्तै हो । उहाँहरूले भन्दैमा सरकारलाई केही हुनेवाला छैन ।’
सञ्चारमन्त्री गुरूङले पुराना ऐन कानुन, भ्रष्टाचार, कुशासन, अस्थिरता आदि कारणले देश थिलोथिलो भएकाले वर्तमान सरकारले सही दिशामा ल्याउन लागेको बताए । सरकारले ६ महिनामा देशमा देखिएका विविध समस्या पहिचान गर्न सफल भएको र अध्यादेशमार्फत ऐन कानुन परिमार्जन गर्दै सुधार गर्न लागिएको बताए ।
मन्त्री गुरूङले जिल्लाका सबै घरहरूमा टेलिफोन सेवा, गाउँ–गाउँमा रहेका प्रहरी चौकीहरू र वडा कार्यालयमा इन्टरनेट सेवा पुर्याउने प्रतिबध्दता जनाए । ‘सञ्चारमन्त्री भएका नाताले म यति भन्छुकि तपाईंहरू सबैको घर–घरमा टेलिफोन सेवा दिनेछु । गाउँको प्रहरी चौकी र वडा कार्यालयमा इन्टरनेट पुगाएर डिजिटल सेवाको प्रबन्ध गर्छु, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: