Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

निजगढ विमानस्थल बनाउन सरकार लागिपरेकाे छ: मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताए । 

सोमबार सरोकार दर्पणको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । निजगढ विमानस्थल ठुलो महत्त्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए । 

उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरू रहेको भन्दै मास्टरप्लान अनुसार विमानस्थल बनाउनुपर्ने बताए । उनले निजगढ विमानस्थल नबनि फास्टट्याको पूर्णता नहुने उल्लेख गरे । 

महत्त्वाकाङ्क्षाको चाङ नेपालको नेतृत्व कर्ताहरूसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए । 

उनले भने, ‘‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्त्वाकाङ्क्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरूप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनै बेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो ।’’

उनले निजगढ एयरपोर्ट निकै ठुलो महत्त्वको एयरपोर्ट भएको पनि बताए । उनले भने, ‘‘निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लान अनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरू छन् । सरकारले त्यसलाई उच्च महत्त्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५/६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिट्ठीका कारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ ।’’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: