Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

निजगढ विमानस्थल बनाउन सरकार लागिपरेकाे छ: मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताए । 

सोमबार सरोकार दर्पणको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । निजगढ विमानस्थल ठुलो महत्त्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए । 

उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरू रहेको भन्दै मास्टरप्लान अनुसार विमानस्थल बनाउनुपर्ने बताए । उनले निजगढ विमानस्थल नबनि फास्टट्याको पूर्णता नहुने उल्लेख गरे । 

महत्त्वाकाङ्क्षाको चाङ नेपालको नेतृत्व कर्ताहरूसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए । 

उनले भने, ‘‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्त्वाकाङ्क्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरूप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनै बेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो ।’’

उनले निजगढ एयरपोर्ट निकै ठुलो महत्त्वको एयरपोर्ट भएको पनि बताए । उनले भने, ‘‘निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लान अनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरू छन् । सरकारले त्यसलाई उच्च महत्त्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५/६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिट्ठीका कारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ ।’’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending