Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गण्डकी प्रदेश स्थापना दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदा

खबरडबली संवाददाता

पाेखरा । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा हुने भएको छ । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय गरेको हो । 

प्रदेशमा सार्वजनिक बिदा र विशेष समारोहसहित प्रदेश स्थापना दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले केही विधेयक प्रदेश सभामा पेस गर्ने र वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूलाई प्रदान गरिने पुरस्कारबारे समेत निर्णय गरेको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मितिमा मनाइने गरेको थियो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकाले त्यसै दिनलाई प्रदेश सभाले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रूपमा मनाइएको थियो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा माघ २२ गते मङ्गलबार ११ बजे प्रदेश सभा सचिवालयमा प्रमुख समारोह हुनेछ । प्रदेश सभाका सचिव हरिराज पोखरेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा रहेको मूल समारोह समितिले विविध कार्यक्रम गरिरहेको बताए । वृद्धाश्रममा सहयोग, रक्तदान, कर्मचारी पुरस्कृत जस्ता विभिन्न कार्यक्रम आयाेजना गरिने भएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending