Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

लिम्बुवान राज्य भएको भए केबुलकार बन्दैनथ्योः राजेन्द्र महतो

खबरडबली संवाददाता

काठमाडौं । माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्सन कार्यक्रम सम्पन्न भएको छ । 

पाथिभरामा केबुलकार निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रिएको समुहलाइ सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुहरूलाइ अधिकार दिनु पर्नेमा जोड दिए । 

‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्बभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन्,’ उनले भने, ‘अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर सरकार वार्ताको नौटंकी गर्दैछ । यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन ।’

दमन गर्ने, गोली हान्ने जस्तो कार्य राज्य सधैँ गर्दै आएको जनाउँदै छुट्टाछुट्टै लडदा दमन गर्ने भएकाले मिलेर लडनु पर्ने उनको जोड रहेको छ । केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक परेको उनको जोड थियो । 

‘उपरोक्त सवाल केवलकार वा रोजिरोटीसँग सम्बन्धित सवाल मात्रै होइन, यो बैचारिक दार्शनिक सवाल पनि हो । सम्पुर्ण बिजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ,’ उनले भने, ‘त्यसैले  मधेसी आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको छ ।’

मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनको भनाइ छ । ‘अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ, नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’ उनले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेस पनि उभिएको छ । एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोछे हुन्छ अब इटको जवाफ पत्थरले दिइने छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE