बाँके । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।
राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए । “जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।”
चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।
चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।
“जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ”, शाहीले भने, “यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो ।” ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए । चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । कान्तिताल महत्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिउँदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए । उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको बासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए ।
बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गरणा हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: