Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

काउन्सिलकाे आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यम कारवाहीमा

खबरडबली संवाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारवाही गरेको छ । काउन्सिलले आइतबार विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारवाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ ।

यस्तै छवटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारवाही अगाडि बढाइएको र तीमध्ये तीन वटालाई सूचीकरणबाट हटाइएको छ । चार वटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारवाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ ।

आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० वटा ‘अनलाइन’ सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारवाही अगाडि बढाइएको छ भने तीन वटालाई सूचीकरणबाट समेत हटाई थप कारवाही गरिएको छ । 

“अवज्ञाकारी कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरी निवेदन दिने चार वटा सञ्चारमाध्यमहरू टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको छ”, काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराले हस्ताक्षर गरेकाे विज्ञप्तिमा भनिएको छ, “छ वटा सञ्चारमाध्यम एबिपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेदै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ । यीमध्ये एबिपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाट समेत हटाइएको छ ।”

यसैगरी, काउन्सिलले चालु आर्थिक वर्षको साउनदेखि यही माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) चार, फेसबुक पेज एक तथा अनलाइन पाँच वटालाई निर्देशन र चार वटालाई सचेत गराइएको छ । 

यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।

पत्रकार आचारसंहिताको पटक पटक र शृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरूप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

काउन्सिलले पछिल्लो समय उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आवको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ८७ गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, चार वटा बार्गेनिङ र नौ वटा हुबहु रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: