काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन् ।
शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा आफू नेतृत्वको कार्यालयले आक्रामक कारवाही थालिसकेको बताए ।
यसक्रममा प्रहरीले शनिबार राति ललितपुरबाट २४ जना अनलाइन जुवा खेलाउने समूहलाई पक्राउ गरेको छ । उनीहरूले एक अर्ब बढीको अनलाइन जुवा खेलाएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस्नेतले संगठनको लक्ष्य, नीति र कार्यसम्पादन सम्झौताअनुसार आफूले कार्य गर्ने बताए ।
‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौं ।’ राजधानीमा आर्थिक अपराध अत्यधिक हुने गरेको छ । क्रिप्टो करेन्सीको कारोबार, हुन्डी, अनलाइन जुवालगायतका आर्थिक अपराध हुने गरेका छन् ।
यसबाहेक काठमाडौंमा हुने गरेको गुन्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए । ‘गुन्डागर्दीको पहिलेको स्थिति र अहिलेको अवस्था मूल्यांकन गरेर कार्यनीति बनाउँछु,’ बस्नेतले भने, ‘काठमाडौंमा गुन्डागर्दी गर्नेहरूमाथि प्रहरी नजर सदैव छ, त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।’
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत कार्य गरेकाले आफूलाई राजधानीमा हुने गरेका आपराधिक गतिविधिबारे जानकारी रहेको बताए । बस्नेतले यसअघि जनकपुर, पर्साजस्ता चुनौतीपूर्ण जिल्लाको कमाण्ड सम्हालिसकेका थिए ।
‘अहिले सूचना संकलनमा छौं, केही विशेष अपरेसन चलाउने अवस्था देखिएको छ,’ बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिन अनुरोध गर्दछु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: