जाजरकाेट । जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव फेला परेको हो ।
शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए ।खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोला भन्ने ठाउँमा उनि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
माघ १८ गते बिहान ९ः३० बजे इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो ।
प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टमको तयारी भएको छ । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्रमुख पाण्डेले बताए । “खेलकुद कार्यक्रम सकिएपछि शाही साथीहरूसँग घर फर्किएका थिए । घर जाने क्रममा बाटोमै झगडा भएको बुझिएको छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ,“ पाण्डेले भने ।
मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले १ महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरु संग आवश्यक सोधपोछ भइरहेको प्रहरीको भनाइ छ ।
पीडित पक्ष जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएपछि घटनाको थप विवरण सार्वजनिक गरिनेछ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: