महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो ।
पहिलापहिला जिल्ला प्रशासन कार्यालयमा आउँदा विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने, हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकामा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहश सहज रूपमा भइरहेको जलेश्वर नगरपालिका –१ बस्ने राजकिशोर रामले बताए । छोरीको नागरिकता बनाउन आएका उनले आफ्नो पालोका लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज भएको बताए ।
लामो लाइन, हो हल्ला र सेवाग्राहीको घुइँचोका कारण तीन दिन काम गराउन नसकेर घर फर्किएका लोहारपट्टी नगरपालिका–३ का साबिर राईनले आज बिना कुनै झण्झट नागरिकता बनाउन टोकन लिएर पालो कुरेको भन्दै सहज रूपमा काम भएको बताए ।
राजकिशोर र साबिर जस्तै आज सयौँ सेवाग्राहीले आ–आफ्नो कामका लागि टोकन लिएर पालैपालो काम गर्न पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा बर्दिबास नगरपालिकाको सहयोगमा गत गत मङ्गलबार टोकन उपकरण जडान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सोही दिन ‘टोकन उपकरण’को संयुक्त रूपमा उद्घाटन गरेपछि आज टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको हो । दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलियासमेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।
योसँगै जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरिका सेवाग्राही आउँदा भीडभाड हुने, बिचौलिया हाबी हुने र एउटै कामका लागि दुई–चार दिन कुर्नुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । बर्दिबास नगरपालिकाका प्रमुख क्षेत्रीले टोकन प्रणालीमार्फत सेवा सुरु भएपछि जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिन सक्ने बताए ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक औसतमा ७५ नागरिकता, ५० राहदानी र दुई सय राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा दिने सेवाग्राही आउने गरेका कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: