Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

उदयपुरमा ‘प्रथम त्रियुगा जलजले महोत्सव’ माघ २३ गतेदेखि हुने

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपाकिलामा ‘प्रथम त्रियुगा जलजले महोत्सव–२०८१’ माघ २३ गतेबाट सुरु भई फागुन ३ गतेसम्म चल्ने भएको छ । ‘स्वदेशमा शिक्षा, रोजगार, कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रर्वद्धन क्षेत्रमा लगानी विस्तार’ भन्ने मुल नाराका साथ स्वर्णिम युवा क्लब जलजलेको अयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक रमाकान्त चौधरीले कृषि, शिक्षा, रोजगार, पर्यटन, व्यापार लगायतका विभिन्न एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिए । 

जलजले स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलकारहरुको पनि प्रस्तुती रहने छ । जसमा सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योती मगर लगायतका कलकारहरुले प्रस्तुती दिनेछन् । उनले भने, ‘महोत्सवमा ८० लाख बढी कारोबार हुने अनुमान छ । महोत्सवबाट आएको आम्दानीको ४० प्रतिशत रकम जलजले नजिकै रहेको पार्क निर्माणमा खर्च गर्ने छौँ ।’

स्टलमा रैथाने खाना परिकार, लत्ताकपडा, स्थानीय उत्पादनहरु, कृषिजन्य वस्तुहरको विक्री वितरण हुने बताइएको छ । महोत्सवका मुख्य प्रायोजक फर्मी मोटर्स छ, भने सह–प्रायोजक बन्दीपुर केवुलकार रहेको आयोजकको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending