काठमाडौं । सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको भूमिकालाई अंकुश लगाएको देखिएको छ ।
सरकारले ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ मा गरिएका व्यवस्थाले राष्ट्रिय योजना आयोगको भूमिकालाई कम गरिएको पाइएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशमा ऐनको दफा ८ को उपदफा १ र २ लाई संशोधन गर्दै सरकारले बजेटको सिलीङ तोक्ने काम अर्थमन्त्रालयलाई दिने व्यवस्था गरेको छ ।
दफा ८ मा गरिएको बजेटको सीमा र मार्गदर्शन पठाउने कामको जिम्मेवारी प्राथमिक रुपमा योजना आयोगलाई रहेको छ । जसमा समय तोकेर नै बजेटको सीमा र ढाँचा पठाउनुपर्ने व्यवस्था गरेको छ । तर सरकारले अध्यादेशमा योजना आयोगले आयोजना र कार्यक्रम प्रस्ताव गर्ने तर आयोगको विवरणको आधारमा अर्थ मन्त्रालयले नै बजेट सीमा र बजेट तर्जुमा सम्बन्धि मार्ग दर्शन तयार गर्ने भन्ने व्यवस्था गरिएको छ । यसअघि यो सबै योजना आयोगले राष्ट्रिय स्रोत अनुमान समिति मार्फत गर्ने व्यवस्था रहेको थियो ।
योजना आयोगले सिलिङ र ढाँचा तथा योजनाको प्रस्ताव राष्ट्रिय स्रोत अनुमान समिति मार्फत पठाएपछि मन्त्रालयले मन्त्रालयगत बजेट सुचना प्रणाली (एलएमबिआईएस) मा इन्ट्री गर्ने प्रक्रियालाई अब सरकारले यो सवै अधिकार अर्थ मन्त्रालयलाई दिएको छ । अब अध्यादेशको व्यवस्थापछि सिलिङ निर्धारण गर्ने र ढाँचा आफै बनाउने भएपछि शक्तिको सन्तुलन नहुने, आफै धामी आफै झाँक्री बनेर सरकारले बजेट निर्माणको प्रक्रियालाई हस्तक्षेप गरेको भन्दै योजना आयोगका पदाधिकारीहरु चिन्तित बनेका छन् । बजेट निर्माणको प्रक्रियामा आफ्नो भूमिकालाई अध्यादेश मार्फत कमजोर बनाएको भन्दै योजना आयोगका पदाधिकारी समेत असन्तुष्ट बनेको बुझिएको छ ।
अर्थ मन्त्रालयले चलाखीपूर्ण रुपमा बजेट निर्माणमा योजना आयोगको भूमिका सिमित गरेको विषयमा सत्ता पक्षकै सांसद र मन्त्रीहरु समेत अनभिज्ञ रहेको पाइएको छ । सरकारले आफ्नो किसिमले बजेट निर्माण गर्न अध्यादेशमा यस्तो व्यवस्था गरिएको भन्दै कांग्रेसका नेताहरु शसंकित बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: