काठमाडाैं । ताप्लेजुङको मुक्कुमलुङमा निर्माण सुरुभएकाे केबलकार निर्मणविरुद्ध मधेस केन्द्रित दलको मोर्चासहित पहिचावादी संगठनहरूले आन्दाेलन गर्ने भएका छन् ।
ताप्लेजुङको मुक्कुमलुङमा केबलकार निर्माण सुरु भएसँगै घटेकाे घटनालाई लिएर आन्दाेलन गर्ने भएकाे हाे । केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनमा १२ गते सुरक्षाकर्मी र आन्दोलनकारीबिच झडप हुँदा केही आन्दोलनकारी घाइते भएका थिए । प्रहरीको हस्तक्षेपको विरोधमा मधेसी, आदिवासी जनजाति आबद्ध दल आन्दोलित भएका छन् ।
आन्दोलनकारीले कोशी प्रदेशका नौ वटा जिल्ला (लिम्बुवान) को अनिश्चितकालीन यातायात बन्दलाई निरन्तरता दिएको छ । मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखिको अनिश्चितकालीन यातायात बन्दलाई माघ २० र २१ गतेसम्म नौ जिल्लाका यातायात बन्द रहने मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले जनाएको छ ।
त्यतिन्जेलसम्म माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने समितिको चेतावनी छ । गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिनाशर्त रिहा गर्न समितिले माग गरेको छ । साथै केबलकार खारेज गर्नुपर्ने, पछिल्लो समय तैनाथ सुरक्षाकर्मी फिर्ता गरिनुपर्ने र गोली लागेका घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रहरी दमनबाट घाइते धोज नारायण साँवा, विशाल लिम्बू, मंगल लावती उपचाररत छन् । अभियन्ताहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई झुठो मुद्दा लगाइ थुन्ने काम गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार आठ दलीय मोर्चाका तर्फबाट नेताहरूले मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई अस्पतालमा गएर भेटेका थिए ।
शिक्षण अस्पतालमा यम बहादुर लिम्बु, धर्मन पालुङ्वा, सगुन लावतीलाई भेट्न आठ दलीय मोर्चाका नेताहरू पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: