Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आठ दलीय माेर्चाले केबलकार निर्माणविरुद्ध आन्दोलन गर्ने

खबरडबली संवाददाता

काठमाडाैं । ताप्लेजुङको मुक्कुमलुङमा निर्माण सुरुभएकाे केबलकार निर्मणविरुद्ध मधेस केन्द्रित दलको मोर्चासहित पहिचावादी संगठनहरूले आन्दाेलन गर्ने भएका छन् । 

 ताप्लेजुङको मुक्कुमलुङमा केबलकार निर्माण सुरु भएसँगै घटेकाे घटनालाई लिएर आन्दाेलन गर्ने भएकाे हाे । केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनमा १२ गते सुरक्षाकर्मी र आन्दोलनकारीबिच झडप हुँदा केही आन्दोलनकारी घाइते भएका थिए । प्रहरीको हस्तक्षेपको विरोधमा मधेसी, आदिवासी जनजाति आबद्ध दल आन्दोलित भएका छन् । 

आन्दोलनकारीले कोशी प्रदेशका नौ वटा जिल्ला (लिम्बुवान) को अनिश्चितकालीन यातायात बन्दलाई निरन्तरता दिएको छ । मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखिको अनिश्चितकालीन यातायात बन्दलाई माघ २० र २१ गतेसम्म नौ जिल्लाका यातायात बन्द रहने मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले जनाएको छ ।

त्यतिन्जेलसम्म माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने समितिको चेतावनी छ । गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिनाशर्त रिहा गर्न समितिले माग गरेको छ । साथै केबलकार खारेज गर्नुपर्ने, पछिल्लो समय तैनाथ सुरक्षाकर्मी फिर्ता गरिनुपर्ने र गोली लागेका घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ ।

प्रहरी दमनबाट घाइते धोज नारायण साँवा, विशाल लिम्बू, मंगल लावती उपचाररत छन् । अभियन्ताहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई झुठो मुद्दा लगाइ थुन्ने काम गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार आठ दलीय मोर्चाका तर्फबाट नेताहरूले मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई अस्पतालमा गएर भेटेका थिए । 

शिक्षण अस्पतालमा यम बहादुर लिम्बु, धर्मन पालुङ्वा, सगुन लावतीलाई भेट्न आठ दलीय मोर्चाका नेताहरू पुगेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending