Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

एचपिभी खोप अभियानः अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो । 

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरिन । खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरिन । 

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ । एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ । मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चार जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याकारुपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिए । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उनले उल्लेख गरे । 

उनका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ । यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ । मन्त्री पौडेलले भने, “मुलुकलाई सबैखाले क्यान्सरमुक्त बनाउन उपचारात्मक मात्र होइन अब निरोधात्मक अभियानमा लागेका छौँ । धेरै मृत्यु हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन यो अभियान सुरु गरेका हौँ ।” एचपिभी खोप सेवालाई आगामी वर्षदेखि नियमित अभियानका रुपमा सञ्चालन गरिने मन्त्री पौडेलले जानकारी गराए । अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ का छात्राहरु र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई हरेक वर्ष एचपिभी खोप दिइने मन्त्रालयले जनाएको छ ।

एचपिभी खोपका लागि लक्षित गरेका अधिकांश किशोरीहरु विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ । विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रहरू तथा वडा कार्यालयबाट समेत यो खोप प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । 

यस वर्ष सञ्चालन हुने एचपिभी खोप अभियानमा १८ हजार नौ सय विद्यालय र आठ हजार दुई खोप केन्द्रहरूबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार खोप दिने स्वास्थ्यकर्मीहरु करिब २७ हजार र स्वयम्सेवक ५४ हजारभन्दा बढी परिचालन हुने छन् । 

खोप अभियानका लागि १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप प्राप्त भएको जानकारी दिँदै उनले यो खोप प्रदेश तहमा पुर्याइसकिएको र अभियान सञ्चालन अगाडि सम्बन्धित स्वास्थ्य संस्थामा पुग्नेगरी खोप वितरण गरिने बताए । अभियानका लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । हरेक वर्ष नियमित खोप कार्यक्रममा एचपिभी खोप समावेश गरी दिगोरुपमा खोप दिने लक्ष्य नेपाल सरकारले लिएको छ ।

मन्त्रालयले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको र नेपालमा खरिद-आपूर्ति गरिने एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त प्रमाणित खोप भएको जनाएको छ । नेपालमा खोप सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE