अछाम । अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् ।
उनीहरुविरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार किटानी गरिएकाहरु ढकारी गाउँपालिका–३ तालीका हुन् । उनीहरु दुवैजना ढकारीकै गुरुकुल माविमा ८ र १० कक्षामा पर्ने विद्यार्थी रहेको खुल्न आएको छ ।
किटानीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरु दुबैजना विरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली अछाम आइपुग्दै छ । टोली ढिलोमा बुधबार बिहानसम्ममा जिल्ला आइपुग्ने भण्डारीले बताए ।
सीआईबीले घटनाको अनुसन्धानका लागि इन्सपेक्टर सूर्यबहादुर शाही र सई श्रीभक्त श्रेष्ठको नेतृत्वको टोली खटाएको हो । घटनाको अनुसन्धानकै लागि सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि खटिने भएको छ । सीआइबी र प्रदेश प्रहरीको टोली बुधबारदेखि अनुसन्धानमा खटिने प्रहरी नायब उपरीक्ष भण्डारीले जानकारी दिए । यो घटनाका सम्बन्धमा थप प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय अछामको टोलीले मंगलबार फेरि घटनास्थल ढकारी–१ को छिन्ने वडार जंगलको निरीक्षण गरेको छ ।
उनीहरु दोस्रो दिन शनिवार साँझ ढकारी –१ स्थित छिन्ने वडारमा मृत भेटिएका थिए । यस घटनाका सम्बन्धमा अछाम प्रहरीले हत्या हो या भवितव्य हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिने बताउदै आएको छ । मृतक किशोरीहरुको शव भेरी प्रादेशिक अस्पताल नेपालगंजमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: