अछाम । अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् ।
उनीहरुविरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार किटानी गरिएकाहरु ढकारी गाउँपालिका–३ तालीका हुन् । उनीहरु दुवैजना ढकारीकै गुरुकुल माविमा ८ र १० कक्षामा पर्ने विद्यार्थी रहेको खुल्न आएको छ ।
किटानीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरु दुबैजना विरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली अछाम आइपुग्दै छ । टोली ढिलोमा बुधबार बिहानसम्ममा जिल्ला आइपुग्ने भण्डारीले बताए ।
सीआईबीले घटनाको अनुसन्धानका लागि इन्सपेक्टर सूर्यबहादुर शाही र सई श्रीभक्त श्रेष्ठको नेतृत्वको टोली खटाएको हो । घटनाको अनुसन्धानकै लागि सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि खटिने भएको छ । सीआइबी र प्रदेश प्रहरीको टोली बुधबारदेखि अनुसन्धानमा खटिने प्रहरी नायब उपरीक्ष भण्डारीले जानकारी दिए । यो घटनाका सम्बन्धमा थप प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय अछामको टोलीले मंगलबार फेरि घटनास्थल ढकारी–१ को छिन्ने वडार जंगलको निरीक्षण गरेको छ ।
उनीहरु दोस्रो दिन शनिवार साँझ ढकारी –१ स्थित छिन्ने वडारमा मृत भेटिएका थिए । यस घटनाका सम्बन्धमा अछाम प्रहरीले हत्या हो या भवितव्य हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिने बताउदै आएको छ । मृतक किशोरीहरुको शव भेरी प्रादेशिक अस्पताल नेपालगंजमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...
पौष ३ गते, २०८२ - १७:५१
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...
पौष ३ गते, २०८२ - १७:४८
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...
पौष ३ गते, २०८२ - १७:४७
नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...
पौष ३ गते, २०८२ - १७:४५
नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...
पौष ३ गते, २०८२ - १७:४२
काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...
पौष ३ गते, २०८२ - १७:४०
काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...




प्रतिकृया लेख्नुहोस्: