काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवम् सांस्कृतिक सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबिचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो । ‘यो वर्ष हामी नेपाल र म्यानमारबिच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव मनाइरहेका छौं’ उनले भने, ‘हाम्रा दुई देशहरूबिचको वर्षौं पुरानो सम्बन्ध पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबिचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ ।’
उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबिच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्ट वाहकका लागि भिषा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे । ‘नेपाल र म्यानमार दुवै बिमस्टेकको सदस्यका रूपमा सहकार्य गर्दै आएका छन् ’ उनले भने, ‘बिमस्टेकले दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाबिच अन्तरक्रिया र सहकार्य बढाउँदै समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उनले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताए ।
राजदूत यु म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । ‘नेपाल र म्यानमारबिच जनस्तरको सम्बन्ध छ’ उनले भने, ‘ नेपालको ‘नन–अलायन्स’ जस्तै म्यानमारको पनि नीति रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: