काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवम् सांस्कृतिक सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबिचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो । ‘यो वर्ष हामी नेपाल र म्यानमारबिच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव मनाइरहेका छौं’ उनले भने, ‘हाम्रा दुई देशहरूबिचको वर्षौं पुरानो सम्बन्ध पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबिचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ ।’
उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबिच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्ट वाहकका लागि भिषा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे । ‘नेपाल र म्यानमार दुवै बिमस्टेकको सदस्यका रूपमा सहकार्य गर्दै आएका छन् ’ उनले भने, ‘बिमस्टेकले दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाबिच अन्तरक्रिया र सहकार्य बढाउँदै समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उनले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताए ।
राजदूत यु म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । ‘नेपाल र म्यानमारबिच जनस्तरको सम्बन्ध छ’ उनले भने, ‘ नेपालको ‘नन–अलायन्स’ जस्तै म्यानमारको पनि नीति रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: