खोटाङ । खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ । स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन् । टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताए ।
गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्यमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग नगर्ने निर्णय गरिएको उनको भनाइ छ । टोल विकास समिति एवं साविक तीन नम्बर वडामा ४० घर रहेका छन् । उक्त ४० घर नै साम्पाङ राईको रहेको छ । सबै घरका सदस्य उपस्थित भएर पेय पदार्थ बन्द गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए ।
हाल ड्यु, पेप्सी, कोक गाउँमा प्रतिबन्ध गरिएको छ । अब विस्तारै अन्य बियर, रम जस्ता आयातीत पेय पदार्थ र जंफुट पनि प्रतिबन्ध गर्ने योजना बनाइएको टोल विकास समितिका अध्यक्ष राईले बताए । ड्यु, पेप्सी, कोकको सट्टा हाललाई चिया, दुध दही प्रयोग गरिने उनको भनाइ छ । सम्भव भएसम्म गाउँमै स्थानीय फलफुलको जुस उत्पादन गरेर प्रयोग गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।
अहिले गाउँमा हुने हरेक कार्जेमा ड्यु, पेप्सी, कोक अनिवार्य जस्तै भएका छन् । जसकारण समान्य कार्जे गर्दा पनि २० हजार बढी ड्यु कोकमै खर्च हुने गरेको छ । उक्त फजुल खर्च रोक्न यस्तो निर्णय गरिएको टोल विकास समितिका सल्लाहकार ओमकार राईले बताए ।
खोटाङकै बुइपाका पाँच गाउँले पनि आयातीत पेय पदार्थ यस अघिनै रोक्ने निर्णय गरिसेकेका छन् । बुइपाको गैरीफुलेली, टारी, खुसुङ्खा, उर्लेनी र छापगाउँले आयातीत पेय पदार्थमा रोक लगाएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: