Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

खाेटाङकाे गाउँमा आयातीत पेय पदार्थ प्रतिबन्ध

खबरडबली संवाददाता

खोटाङ । खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ । स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो । 

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन् । टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक  ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताए । 

गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्यमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग नगर्ने निर्णय गरिएको उनको भनाइ छ । टोल विकास समिति एवं साविक तीन नम्बर वडामा ४० घर रहेका छन् । उक्त ४० घर नै साम्पाङ राईको रहेको छ । सबै घरका सदस्य उपस्थित भएर पेय पदार्थ बन्द गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए । 

हाल ड्यु, पेप्सी, कोक गाउँमा प्रतिबन्ध गरिएको छ । अब विस्तारै अन्य बियर, रम जस्ता आयातीत पेय पदार्थ र जंफुट पनि प्रतिबन्ध गर्ने योजना बनाइएको टोल विकास समितिका अध्यक्ष राईले बताए । ड्यु, पेप्सी, कोकको सट्टा हाललाई चिया, दुध दही प्रयोग गरिने उनको भनाइ छ । सम्भव भएसम्म गाउँमै स्थानीय फलफुलको जुस उत्पादन गरेर प्रयोग गर्ने योजना रहेको अध्यक्ष राईले बताए । 

अहिले गाउँमा हुने हरेक कार्जेमा ड्यु, पेप्सी, कोक अनिवार्य जस्तै भएका छन् । जसकारण समान्य कार्जे गर्दा पनि २० हजार बढी ड्यु कोकमै खर्च हुने गरेको छ । उक्त फजुल खर्च रोक्न यस्तो निर्णय गरिएको टोल विकास समितिका सल्लाहकार ओमकार राईले बताए । 

खोटाङकै बुइपाका पाँच गाउँले पनि आयातीत पेय पदार्थ यस अघिनै रोक्ने निर्णय गरिसेकेका छन् । बुइपाको गैरीफुलेली, टारी, खुसुङ्खा, उर्लेनी र छापगाउँले आयातीत पेय पदार्थमा रोक लगाएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending