काठमाडौं । भारत, बिहारको मुजफ्फरपुरमा, डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्ला निकालेका छन्। दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको कपालको डल्लाको तौल एक किलोग्राम थियो।
यो शल्यक्रिया श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा गरिएको थियो, जसको विस्तृत रिपोर्ट बीबीसी हिन्दीले प्रकाशित गरेको छ। बालिकालाई पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा उनको पेटमा कपाल जम्मा भएको पाइएको हो। उनलाई तीन वर्षको उमेरदेखि नै कपाल खाने बानी परेको थियो। यस्तो बानीका कारण उनको हेमोग्लोबिन धेरै कम भएको थियो, जसले गर्दा उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको थियो।
बाल रोग विशेषज्ञ डा. आशुतोष कुमारले भने, ‘बालिकालाई ट्राइकोटिलोमेनिया र ट्राइकोबेजोर नामक मानसिक रोग छ, जसले गर्दा कपाल पेटमा जम्मा भएको थियो।’ ट्राइकोटिलोमेनिया एक यस्तो अवस्था हो जहाँ व्यक्तिले आफ्नो कपाल उखेल्छ र खाने गर्छ, जसले गर्दा पेटमा अखाद्य वस्तुहरू जम्मा हुन्छन्। कपाल पचाउन सकिदैँन्।
मनोवैज्ञानिक निधि सिंहका अनुसार, पिका र ट्राइकोटिलोमेनिया दुवै एक प्रकारको मानसिक रोग हुन्। पिका विशेष गरी खाद्य पदार्थ बाहेकका वस्तुहरू खाने समस्या हो भने ट्राइकोटिलोमेनिया कपाल खाने मानसिक समस्या हो। अहिले बालिकाको अवस्था स्थिर छ तर उनको शारीरिक स्वास्थ्यमा सुधार हुन अझै केही समय लाग्नेछ।
जानकारी अनुसार उनलाई मानसिक रोग विभागमा थेरापीको लागि पठाइनेछ, जहाँ उनलाई व्यवहार परिमार्जन थेरापी दिइनेछ। यसका साथै, उनलाई मनोसामाजिक९पोषण विश्लेषण गर्न आवश्यक छ जसले उनको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...



प्रतिकृया लेख्नुहोस्: