Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा बुधबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

उनले संविधानको धारा २६१ बमोजिम स्थापित भएको आदिवासी जनजाति आयोगले संविधानको धारा २९४ बमोजिम आफ्नो वार्षिक प्रतिवेदन मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिसकेको जानकारी दिए । उनका अनुसार आयोगले मुख्यगरी संविधान र कानुनमा उल्लेखित आदिवासी जनजातिका हक, अधिकार संरक्षण र सम्वर्द्धन भए, नभएको अनुगमन गर्ने, राष्ट्रसङ्घीय महासन्धि, अनुबन्ध तथा घोषणा पत्रले दिएको आदिवासी जनजाति अधिकार कार्यान्वयनको लागि सरकारलाई सिफारिस गर्ने काम गर्दै आएको छ ।

यससँगै, आदिवासी जनजाति अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन  तथा विकासको कार्यक्रम बनाइ कार्यान्वयनको लागि सिफारिस गर्ने र आदिवासी जनजातिका संवैधानिक तथा कानुनी अधिकारको अवगत र प्रयोग बारे सचेतना तथा सशक्तिकरण लगायतका मुख्य काम आयोगले गरिरहेको उनको भनाइ छ ।

उनले भने, “संविधान बमोजिम प्रतिनिधि तथा प्रदेश सभा र स्थानीय सभामा आदिवासी जनजातिको प्रतिनिधित्व जनसङ्ख्याको आधारमा ३५ प्रतिशत समानुपातिक हुन सकेको छैन । राष्ट्रिय सभामा हाल करिब दश प्रतिशत मात्रै छ । आयोगले आर्थिक वर्ष २०७७/७८ मा संविधान र कानुन संशोधन गरेर आदिवासी जनजाति प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई सिफारिस गरेको थियो तर सरकारले आयोगको सिफारिस कार्यान्वयन नगरेर यो अवस्था आएको हो ।”

उनले आयोगले हालसम्म भएका ७७ वटा सिफारिस गरेको तर हालसम्म दश प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा मतदाता नामावली दर्ताका लागि जेन–जी युवाहरू समूहिक निर्वाचन कार्यालय आउन थाले

उदयपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उदयपुरका जेन–जी युवा पुस्तामा मतदाता नामावलीमा दर्ता गराउने चहलपहल बढ्न थाल...

प्रसारण लाइन दायाँ–बायाँ रुख रोप्न र संरचना निर्माणमा प्रतिबन्ध

काठमाडौं । सरकारले एमसीए–नेपालद्वारा निर्माणाधीन ४०० केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने विभिन्न जिल्लाका प्रसारण मार्गको दायाँ–बायाँ क्षेत्रमा ...

कडा सुरक्षा बीच मुख्यमन्त्री यादवले पदभार सम्हाले

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै राजनीतिक तापक्रम बढेको छ । यसैबीच, कडा सुरक्षाबीच नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ...

भारतमा सुनचाँदी चोरी गरेको आरोपमा चार नेपाली गौरीफन्टा नाकाबाट पक्राउ

कैलाली । भारतमा सुनचाँदी चोरी गरेको आरोपमा चार जना नेपालीलाई नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ गरिएको छ । भारतको महाराष्ट्रबाट सुनचाँदी चोरी...

महाधिवेशन र निर्वाचन केन्द्रमा कांग्रेस: एक सय ३५ नेताले राखे धारणा, छलफल अझै जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा एक सय ३५ जना नेताले विभिन्न राजनीतिक र संगठनात्मक विषयमा धारणा राखेका छन् ।  नियमित महाध...

प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्छाैँ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आसन्न महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्...

विराटनगरमा दुर्घटनामा परी श्रीमतीकाे मृत्यु, श्रीमान् सकुशल

विराटनगर । विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भारतीय मालवाहक सवारी (ट्रक) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ल...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार

कम्बोडिया । थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जार...

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अप...

पुटिनको भारत भ्रमणका लागि रुस ‘सक्रिय तयारी’ मा, वर्षअन्त्यअघि हुने सम्भावना

मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending