Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

पुँजी बजारको लागि सही सूचनाको आवश्यकतामा जोड

खबरडबली संवाददाता

पोखरा । नेपाली पुँजी बजारमा लगानी गर्नका लागि पुँजी बजारको अध्ययन गरेर मात्र लगानी गर्न विज्ञले सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशमा कार्यरत आर्थिक पत्रकारका लागि धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी कार्यक्रममा विज्ञले सो सुझाव दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले पत्रकारको लागि नेपालको पुँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा पत्रकार जानकार भएमात्र आम नागरिकले सही सूचना प्राप्त गर्ने बताए । 

नेपाल धितोपत्र बोर्डका उप-कार्यकारी निर्देशक निरञ्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिए । कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुरारी पराजुली र सिडिएस क्लियरिङका उप–प्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकास बारेमा सहजीकरण गरेका थिए । 

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहने पत्रकारको थप क्षमता वृद्धिका लागि यो कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब ६० जना पत्रकारको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन सत्रमा महासङ्घका उपाध्यक्ष प्रकाश पौडेलले स्वागतसहित विषयवस्तु माथि प्रकाश पारेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending