Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

दाङकाे तुलसीपुरमा रहेकाे क्रान्ति सङ्ग्रहालय संरचना जीर्ण

खबरडबली संवाददाता

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएको छ । सोही ठाउँमा २०६२-६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा माओवादी सेनाहरूलाई व्यवस्थापन गर्नका लागि दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो । 

लामाखोला महिला सामुदायिक वनभित्रको करिब २५ हेक्टर क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत्, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको थियो । स्थानीय सरकारलाई तत्कालीन सशस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई उक्त सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।

सङ्ग्रहालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विभीषण रोकामगरले सङ्ग्रहालयमा तत्कालीन माओवादीले सेनाले प्रयोग गरेका हातहतियार,पोशाक राख्ने योजना रहेको बताए । उनले सङ्ग्रहालयमा हाल रहेका संरचनामै राख्दा सुरक्षा अभाव हुने भएकाले थप संरचना निर्माण गरेर ती सामग्री राखिने रोकाले बताए । 

तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेपनि पर्याप्त बजेटका अभाव हुँदै आएको बताए । अध्यक्ष योगीले भने, विस्तृत विवरण परियोजनामा (डिपिआ) १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने उल्लेख छ तर प्रत्येक वर्ष सङ्घ प्रदेश सरकारबाट थोरै बजेट आउँछ । उनले सङ्ग्रहालयमा पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताए । 

वडा नम्बर १९ का वडा सदस्य एवम् स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरू रहेका छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीहरूले उपयोग गर्दै आएको स्थानीय नन्दलाल खड्काले बताए । त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरूपमा तलब प्रदान गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE