उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४ करोड ९८ लाख १० हजार ९ सय २९ रुपैँया सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख गोपाल दाहालले साउनदेखि मंसिर मसान्तसम्म ३ करोड ९१ लाख ८२ हजार ८ सय २० रुपैँया राजश्व सङ्कलन गरेको बताए । पुसमा मात्र १ करोड ६ लाख २८ हजार १ सय १ रुपैँया सङ्कलन गर्न सफल भएको दाहालले जानकारी दिए । उनका अनुसार माघसम्म सरदर सङ्कलन हुँदै आएको राजश्व पुसमा उत्साहजनक रुपमा बढेका हो ।
प्रमुख दाहालका अनुसार कार्यालयले राजश्व सङ्कलनको माध्यम सवारी साधन दर्ता, नामसारी, नवीकरण, सवारी ठाउँ सरुवा, दर्ता खारेज, लगत कट्टा, रुट इजाजत वितरण, रद्ध तथा नवीकरण, सवारी जाँचपास, प्रतिलिपी जारी, सवारी अनुमतिपत्र (लाईसेन्स) जारी र नवीकरण नै हुन् ।
विभिन्न ५ शीर्षकमा राजश्व सङ्कलन गर्ने कार्यालयले चालुवर्षको यो अवधिमा सबभन्दा बढी सवारी साधन करवापत प्राप्त गरेको छ । यो शीर्षकमा कार्यालयले ६ महिनामा ३ करोड ८६ लाख २४ हजार २ सय ४२ रुपैँया प्राप्त गरेको दाहालले बताए । दोस्रो ठूलो राजश्व आकार लाईसेन्स वितरण, नवीकरण र ब्लुबुक सम्बन्धी दस्तुरबाट प्राप्त भएको छ । सो शीर्षकबाट कार्यालयलाई ६ महिना अवधिमा ९४ लाख ३५ हजार ३ सय ६५ रुपैँया प्राप्त भएको दाहालले बताए ।
तेस्रो ठूलो राजश्वको रकम १६ लाख ७८ हजार ८ सय ३३ रुपैँया यातायातक्षेत्रको आमदानी शीर्षकमा सङ्कलन भएको छ । अघिल्लो महिना यातायातक्षेत्रको आमदानीबाट १३ लाख ९६ हजार ६ सय ८३ प्राप्त गरेकोमा पुसमा २ लाख ८२ हजार १ सय ५० थपिएको छ । व्यवसाय दस्तुर शीर्षकमा ६१ लख ८ सय ५० रुपैँया जमा भएको छ ।
उदयपुरबाहेक खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालाई पनि सेवा प्रवाहको सुविधा दिने उदेश्यले स्थापित यस कार्यालयमा सवारीसम्बन्धी काम लिएर आउनेको सङ्ख्या निकै रहेको सूचना अधिकारी गोविन्द तिम्सीनाले बताए । उनका अनुसार लक्षित जिल्लाहरुबाहेकबाट पनि बाक्लै सङ्ख्यामा लाभग्राही आउने गरेका छन् ।
सूचना अधिकारी तिम्सीनाले हालसम्म कार्यालयमा बस, ट्रक, टिफर, ट्याक्टर, जीप, कार, भेन, पेट्रोल टेम्पो, अटो रिक्सा, मोटरसाईकल र स्कुटर दर्ता, नवीकरण, ठाउँ सारी र खारेज गर्ने काम हुँदै आएको छ । अनलाईन प्रविधिबाट काम हुने भएकाले सवारी दर्ता, नवीकरण, ठाउँ सारी, दर्ता खारेज, लाईसेन्स लिने र नवीकरण गर्ने लाभग्राही जुनसुकै जिल्लाबाट आए पनि सेवा दिदै आएको तिम्सीनाले बताएका छन् ।
यस कार्यालयमा यो आर्थिकवर्षको ६ महिना अवधिमा ट्रक ६ वटा, टिफर एउटा, बस ८, जीप ७, पिकअप ५, पेट्रोल टेम्पो ३४, इरिक्सा ९७ वटा दर्ता भएका छन् । त्यस्तै मोटरसाईकल ८ सय ३७, स्क’टर २ सय ३१, र विद्युतीय स्कुटर एउटा दर्ता भएको छ । हालसम्म विभिन्न थरीका सवारी दर्ता सङ्ख्या १० हजार ५ सय ६३ पुगेको तिम्सीनाले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: