Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

खबरडबली संवाददाता

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा खरिदबाट वित्तीय प्रणालीमा हुने अतिरिक्त तरलताको व्यवस्थापनलाई प्रभावकारी बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ।

यससँगै केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि नयाँ मौद्रिक औजारका रूपमा ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ को व्यवस्था पनि लागू गर्ने भएको छ। मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिद गर्ने क्रममा नै स्टेरिलाइज्ड इन्टरभेन्सनको नीति अवलम्बन गरिनेछ।

स्टेरिलाइज्ड इन्टरभेन्सन भनेको के हो ?

विदेशी विनिमय बजारमा मुद्रा विनिमय दरमा अत्यधिक उतारचढाव आएमा केन्द्रीय बैंकले हस्तक्षेप गर्छ। तर यस्तो हस्तक्षेपले बजारमा मुद्रा आपूर्तिमा परिवर्तन ल्याउन सक्छ, जसले मुद्रास्फीतिमा दबाब सिर्जना गर्ने जोखिम रहन्छ।

यही प्रभावलाई निष्प्रभावी बनाउन अपनाइने मौद्रिक व्यवस्थालाई स्टेरिलाइज्ड इन्टरभेन्सन भनिन्छ। यसअन्तर्गत केन्द्रीय बैंकले विदेशी मुद्रा खरिद गर्दा बजारमा थपिएको रुपैयाँलाई सरकारी ऋणपत्र बिक्री वा अन्य मौद्रिक उपकरणमार्फत पुन: बजारबाट फिर्ता तानेर मुद्रा आपूर्तिलाई सन्तुलनमा राख्छ।

उदाहरणका लागि, राष्ट्र बैंकले विदेशी मुद्रा खरिद गर्दा त्यसको सट्टामा बजारमा रुपैयाँ प्रवाह हुन्छ। यदि उक्त रुपैयाँ बजारमै रहिरह्यो भने तरलता अत्यधिक बढ्न सक्छ र महँगी बढ्ने सम्भावना रहन्छ। त्यसैले सरकारी ऋणपत्र बिक्री गरी अतिरिक्त रुपैयाँ बजारबाट फिर्ता तानिन्छ।

हाल विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकाले राष्ट्र बैंकले तरलता व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन विदेशी मुद्रामै भुक्तानी गर्ने व्यवस्था समेत प्रयोग गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ। यसबाट बजारमा रुपैयाँको आपूर्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending