सप्तरी । सरकारको ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत सप्तरी जिल्लाको पालिकाहरूमा हुलाक कार्यालय स्थापना भएको छ । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा पालिका छन् ।
जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यालय प्रमुख पुरुषोतमकुमार साहले सप्तरी जिल्लामा १८ वटै पालिकामा हुलाक कार्यालय स्थापना भइसकेको जानकारी दिए । उनले राजविराज नगरपालिकामा जिल्ला हुलाक कार्यालय नै रहेको तथा जिल्लाको अन्य १७ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको बताए ।
सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख साहले बताए । उनले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै पालिकाहरूको विभिन्न ठाउँमा पठाइने चिठीपत्र अब हुलाकले बोक्ने बताए ।
सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा समेत सर्वसुलभ रूपमा हुलाकले योगदान पुर्याएको बताउँदै सूचना प्रविधिको विकाससँगै हुलाक सेवाले पनि आफ्नो कामलाई सोही अनुसार अगाडी बढाएको बताए । उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको पहुँच जनतासम्म पुर्याउन कार्यालय लागेको बताए । कार्यालय प्रमुख साहले पालिकामा हुलाक कार्यालयको स्थापनाले विभिन्न कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन भइरहेको बताए ।
कार्यालयमा विभिन्न पत्राचार गर्न, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा हुलाकबाट सहजता आउने बताउँदै उनले सरकारको निर्णय कार्यान्वयन भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए । हुलाक कार्यालयले अहिले लोककल्याणकारी प्राप्त गरेका पत्रपत्रिकाहरूको भुक्तानीसहित आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बिमा, आन्तरिक–वैदेशिक द्रुत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवाहरू दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: