सप्तरी । सरकारको ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत सप्तरी जिल्लाको पालिकाहरूमा हुलाक कार्यालय स्थापना भएको छ । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा पालिका छन् ।
जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यालय प्रमुख पुरुषोतमकुमार साहले सप्तरी जिल्लामा १८ वटै पालिकामा हुलाक कार्यालय स्थापना भइसकेको जानकारी दिए । उनले राजविराज नगरपालिकामा जिल्ला हुलाक कार्यालय नै रहेको तथा जिल्लाको अन्य १७ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको बताए ।
सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख साहले बताए । उनले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै पालिकाहरूको विभिन्न ठाउँमा पठाइने चिठीपत्र अब हुलाकले बोक्ने बताए ।
सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा समेत सर्वसुलभ रूपमा हुलाकले योगदान पुर्याएको बताउँदै सूचना प्रविधिको विकाससँगै हुलाक सेवाले पनि आफ्नो कामलाई सोही अनुसार अगाडी बढाएको बताए । उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको पहुँच जनतासम्म पुर्याउन कार्यालय लागेको बताए । कार्यालय प्रमुख साहले पालिकामा हुलाक कार्यालयको स्थापनाले विभिन्न कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन भइरहेको बताए ।
कार्यालयमा विभिन्न पत्राचार गर्न, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा हुलाकबाट सहजता आउने बताउँदै उनले सरकारको निर्णय कार्यान्वयन भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए । हुलाक कार्यालयले अहिले लोककल्याणकारी प्राप्त गरेका पत्रपत्रिकाहरूको भुक्तानीसहित आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बिमा, आन्तरिक–वैदेशिक द्रुत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवाहरू दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: