धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ । खुवालुङ किँरातहरुको सभ्यतासँग जोडिएको स्थान हो ।
त्यस्तै ध्वजेडाँडा पालिकाको सबैभन्दा अग्लो स्थानसहित महत्वपुर्ण पर्यटकिय गन्तब्य हो । अरुण, तमोर र सुनकोशी नदी मिसिने स्थान त्रवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृंखला अन्र्तगतका डाँडैडाँडा ध्वजेडाँडासँग जोड्न लागिएको हो । गाउँपालिकालाई दिर्घकालीन पर्यटकीय हवको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।
गाउँपालिका भरिका १० वडामध्ये ५, ६, ७, ८, ९ र १० गरी ६ वडाहरुलाई पदमार्गले समेट्ने छ । ध्वजेडाँडा देखि त्रिवेणी हुँदै खुवालुङसम्मको पदमार्गको कुल लम्वाई ३८.२ किलोमिटर रहेको इञ्जिनियर दिपक राईले जानकारी दिए । करिब २ दिनमा पदमार्गको यात्रा पुरा गर्न सकिन्छ । पदमार्गको सुरुवाती विन्दु ध्वजेडाँडालाई मानिएको छ । ध्वजेडाँडाबाट सूर्याेदय र सूर्यास्तको दृश्य हेर्न मिल्ने छ । त्यस्तै तराईका समथर फाँट सँगै मकालु, सगरमाथा कुम्भकर्ण, कञ्चनजंगा नेपाल भारत र भुटान गरी तीन देशका हिमाल देख्न सकिन्छ ।
ध्वजेडाँडाबाट सुरु हुने पदमार्ग ५ नं. वडाको ओख्रे बजार, ६ नं. वडाको नाम्जे बजार, आत्माघर, जनजाती पार्क, भेडेटार बजार, पाथिभरा मन्दिर हुँदै साँगुरीगढी, ७ नं. वडाको टोपेटेम्बा, ८ नं. वडाको रनफने डाँडा, ९ नं. वडाको झण्डीडाँडा, दाक्वुङ, राँके, चारपोखरी, वडुवाडाँडा, १० नं. वडाको लिम्बूचौतारा, चाम्राङ, भालेलु, ताङकेरा साङकेम्मा हुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ । यी दुई गन्तब्य जोड्न सके साँगुरी गढी गाँउपालिकाका विभिन्न स्थान जोडिनुको साथै भेडेटार घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई नया गन्तब्य मिल्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । “हाम्रो पालिका पर्यटकिय पालिका हो अझै धेरै स्थान ओझेलमा छन् । ती स्थानमा पर्यटक पुग्ने बाटो खुल्छ जसको फाईदा पालिकालाई हुन्छ,” राईले भने ।
गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट मार्गको विभिन्न स्थानमा संरचना निर्माण गरिएको थियो । पदमार्गमा पर्ने झाँडीहरुको सरसफाई, डेढ मिटर चौडाहा भएको करिव ६ किलोमिटर लम्वाईको फुट ट्रयाक, ७ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सुख्खा वाल लगायतको संरचना निर्माण गरेको थियो । बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
यो क्षेत्रमा विशेषगरी राई, लिम्बु, मगर जातीहरुको जातीय संस्कार हेर्न सकिन्छ । स्थानीय वालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति तथा जैविक विविधतालाई नजिकबाट नियाल्न सकिने खुवालुङ–त्रिवेणी–ध्वजेडाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: