Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कैलालीमा हिउँदे बाली जोगाउन किसानकाे खेतमै बास

खबरडबली संवाददाता

कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो ।

गहुँ, मसुरो, आलु, तरकारी जोगाउन लागि उनीहरु खेतमै बास बस्नुका साथै रातभरि गस्ती गर्नुपर्ने बाध्यता छ । छाडा चौपायाले किसानलाई ठुलो समस्यामा पारेको कैलारी गाउँपालिका–३ भर्रीका किसान मक्कुराम चौधरीले बताए । “हामी सीमा क्षेत्रका किसान छाडा चौपायाबाट धेरै पीडित छौं” उनले भने, “हाम्रै यहाँ रहेका र भारततिरबाट पनि आएर छाडा चौपायाले खेतीपातीमा नोक्सान गरिहेका छन् ।”

कृषक चौधरीकाअनुसार गहुँ, मसुरो जोगाउन किसान खेतमै बास बस्ने गरेका छन् । आ–आफ्ना खेतमा स–साना झुपडी बनाएर राति त्यतै बास बस्ने र गस्ती गर्ने गरेका उनको भनाइ छ । “खेतमा जाग्राम बसेर गस्ती गरिएन भने सखाप पार्छन्” कृषक चौधरीले भने । कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतको क्षेत्रमा रहेका वनजङ्गलमा धेरै छाडा चौपाया बस्दै आएका छन् । त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया खेतसम्म आउने गरेको किसानको भनाइ छ । भारततिरबाट आउने चौपाया धपाउन लागि उनीहरु विभिन्न नाकामा रातभरि बसेर गस्ती गर्ने गरेका छन् ।

छाडा चौपायाको समस्याले विकराल रुप लिए पनि रोकथाममा स्थानीय सरकारले चासो नदेखाएको किसानको गुनासो छ । “स्थानीय सरकारले छाडा चौपायाले गरेको नोक्सानको न क्षतिपूर्ति दिन्छ न त चौपाया व्यवस्थापन गर्छ” लालपुरका कृषक गुरीलाल चौधरीले भने, “जताबाट पनि हामी किसान नै मर्कामा छौं ।”

कैलालीमा बर्खे बालीलाई बाढीले नोक्सान गर्दै आएको छ । बाढीपीडित धेरैजसो किसान परिवार हिउँदे बालीमा निर्भर छन् । हिउँदे बालीलाई छाडा चौपायाले नोक्सान गर्न थालेपछि समस्यामा परेको उनीहरुको भनाइ छ । छाडा चौपाया व्यवस्थापनको नाममा विभिन्न स्थानीय तहले अत्यधिक बजेट खर्च गरिसकेका छन् । तर समस्या अझै ज्युँको त्युँ रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE