Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरकाे ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षा क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कास्कीका ३५ जना शिक्षकले आज सामूहिक रुपमा राजीनामा दिएसँगै महरले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । 'पुस २९ मा जारी भएको शिक्षा सम्बन्धी अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा शिक्षा मन्त्रीकै गृह जिल्लाका ३५ जना शिक्षकले एकै पटक राजीनामा दिनु भएको छ । प्राकृतिक न्यायको सिद्धान्त विपरित कानुनको निर्माण गरी अध्यादेश जारी गरिएकोमा यसको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएपछि आफूहरू ठूलो मर्कामा पर्ने उनिहरूको गुनासो छ । यो सोचनीय विषय हो,' महरले भनेका छन् ।

सरकारले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्न विलम्ब गर्न नहुने उनको टिप्पणी छ । 'नेपाली कांग्रेसले शिक्षा विभागमार्फत यी र यस्तै समस्याको समाधानका लागि ‘शिक्षा नीति बहस’अगाडी बढाएको छ । र, त्यसबाट प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई आग्रह तथा दबाब दिँदै आएको छ । शिक्षा क्षेत्र र शिक्षकका समस्या राज्यबाट समाधानका लागि संसद र सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहान्छु,' उनले भने ।

आज २०७५ चैत ४ गतेपछि स्थायी भएका कास्कीका ३५ शिक्षकले अध्यादेशमा सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरूको भनाइ छ । सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने

जाकार्ता । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।...

साउदीमा युक्रेन बिना नै अमेरिका र रूसका बिदेश मन्त्रीबिच युद्धविराम बारे छलफल

रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रु...

सुनसरीमा हाँस पालन गरिएकाे एक कृषि फर्ममा बर्डफ्लु पुष्टी

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु  रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृष...

राेकियाे नेपालमा एमसीसी सहयोग

काठमाडौं । अमेरिकाले तत्कालका लागि  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएक...

युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरू’ सँगै आउनुपर्छ: म्याक्रोन

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मङ्गलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र वि...

सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य

टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले...

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु

सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरा...

६ विद्यार्थी संगठनद्वारा स्ववियु चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।  अनेरास्ववियु...

ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन राेक्छाैँ: शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्य...

ई-कमर्श विधेयक पारित

काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy