Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

जिल्ला अदालत कास्कीद्वारा जिबीको राहदानी रोक्का

खबरडबली संवाददाता

पाेखरा । देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो । 

कास्कीको सूर्यदर्शनसहित देशका विभिन्न भागमा सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा दायर भएको छ । २०८० साउनसम्म सम्पर्कमा रहनुभएका राई कास्कीमा मुद्दा दर्ता भएपछि फरार छन् । कास्कीको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्षसमेत रहेका  राईले दर्जनभन्दा बढी कम्पनी खोली सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको अभियोग छ । 

देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उनिमाथि छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्कीमा दायर भएको मुद्दा विचाराधीन छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो । 

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका  रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बिर खिची सार्वजनिक गर्ने कमल भुसाल (डा निकोलस भुसाल) लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासमा प्रदर्शन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् । केसीले ट्रम्प प्रशास...

राष्ट्रिय सभामा सांसद शाहीकाे विराेध

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्त...

खाेटाङकाे हलेसी बजारमा आगलागीबाट दुई घर जले, आगो नियन्त्रण बाहिर

खाेटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पस...

प्रतिनिधिसभाको अर्को बैठक भाेलि दिउँसाे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ...

वडा अध्यक्षद्वारा कार्यकक्षमै कुटिए खाँदबारीका नगरप्रमुख थपलिया

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार  खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौ...

हुन्डी कारोबार गरेको आरोपमा पर्साबाट १० लाखसहित एक भारतीय पक्राउ

काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-...

कुवेतमा निधन भएका तनहुँका रोकाको शव नेपाल ल्याइयो

तनहुँ । कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ । बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरो...

प्रधानमन्त्री ओलीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाकाे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका...

गुल्मीमा स्काभेटरले पल्टाएको ढुङ्गाले लागेर एक विद्यार्थीको मृत्यु

गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञान...

खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy