Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग

खबरडबली संवाददाता

जनकपुर । राज्यले सहिदको सम्मानका साथै सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् । 

माघ पाँच गते मधेश प्रदेश सरकारले मनाँउदै आएको सातौं वलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप लगाएका थिए । 

नेपाली कांग्रेस संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सहिद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाइ भैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नु पर्नेमा जोड दिए । 

नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सहिद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले सहिद प्रतिष्ठान गठन गरेपनि अधिकार सम्पन्न नभएको भन्दै प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीयदलका प्रमुख सचेतक राम अशिष यादवले राज्यले सहिद परिवारको परिपुरनको व्यवस्था गर्नु पर्ने भन्दै सरकारी सेवामा सहिद परिवारको लागि विशेष आरक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिए । 

लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रुपा यादवले सहिदका छोरा छोरीको उज्वल भविष्यका लागि प्रदेश सरकारले एउटा छुटै कोषको व्यवस्था गर्नु पर्ने बताइन । कार्यक्रमका सहभागिहरुले २०३६ सालको आन्दोलनको क्रममा मिथिला राज्यको माग गर्दै आन्दोलनमा रहेका डा.लक्ष्मी नारायण झालाई वेपता बनाइएपछि हालसम्म उनको अवस्थावारेमा कुनै अत्तोपत्तो नभएको भन्दै प्रदेश सरकारले एउटा छुटै उच्चस्तरीय समिति गठन गरी खोजबिन गर्नुपर्ने माग गरेका थिए । 

कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा एमालेका शारदा थापा, राप्रपाका कन्चन बिच्छा सहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितकाले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नु पर्ने कामकाजको विषयमा आफनो धारणा राखेका थिए । 

कार्यक्रमको अध्यक्षता गरेका मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले छलफलको क्रममा सहभागिहरुवाट आएका सुझावहरुलाई आत्मसाथ गरी मन्त्रालयले सहिद परिवारको लागि अगामी दिनमा कार्यक्रमहरु तय गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending