Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

शिक्षकहरूले पनि योगदानमा आधारित पेन्सन पाउने

खबरडबली संवाददाता

काठमाडौं । अबदेखि शिक्षकहरूले समेत योगदानमा आधारित पेन्सन पाउने भएका छन् । योगदानमा आधारित पेन्सन ऐन, २०७५ मा अध्यादेशमार्फत संशोधन गर्दै शिक्षकहरू समेत समावेश भएका हुन् । २०७५ साल चैत ४ गतेयता स्थायी हुने निजामती कर्मचारी, सुरक्षा निकाय लगायतका कर्मचारीहरूले योगदानमा आधारित पेन्सन पाउँदै आएका थिए । त्यसमा शिक्षकहरूलाई समेत समावेश गर्ने भनिए पनि हुन सकेको थिएन ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते प्रमाणीकरण गरेका थिए । अध्यादेशमार्फत निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि शिक्षक सेवा थप गरिएको हो । 

दफा ९ मा योगदानमूलक निवृत्तिभरण प्रणालीमा समावेश गरिने कर्मचारीहरूबारे उल्लेख छ । दफा ९ को (क) मा निजामती सेवा राखिएको छ । जसमा निजामती सेवा भन्नाले नेपाल स्वास्थ्य सेवा तथा व्यवस्थापिका–संसद् सेवा समेतलाई जनाएको छ । त्यस्तै नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपालको सेवा र नेपाल विशेष सेवा समावेश छन् । त्यसमा शिक्षक सेवा पनि थप गरिएको हो । अब ऐन प्रारम्भ भएपछि नियुक्त भएका शिक्षकहरूले समेत योगदान गरेको आधारमा निवृत्तिभरण पाउने छन् ।

शिक्षकहरूले भने उक्त प्रावधानको विरोध गरेका छन् । सरकारले अध्यादेश मार्फत निवृत्तिभरण कोष ऐन २०७५ संशोधन गरी २०७५/१२/४ पछि स्थायी नियुक्ति हुने शिक्षकहरूलाई योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध गराउने गरेको निर्णय शिक्षक आन्दोलन र सरकारले गरेको सम्झौता विपरीत रहेको उनीहरूको आरोप छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव कुलप्रसाद खतिवडाले २०८० को असोजमा शिक्षकहरूले गरेको आन्दोलन र सरकारले गरेको सम्झौता विपरीत रहेको बताए । यसले २०७५/१२/४ गतेपछि नियुक्ति हुने शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गरेको उनको भनाइ छ । सरकार सङ्घीय शिक्षा ऐन जारी गरी शैक्षिक, पेसागत माग र मुद्दाहरूलाई सम्बोधन गर्नुको साटो अध्यादेशमार्फत अघि बढ्न खोजेको उनको आरोप छ ।

विषयगत समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गराउनुको सट्टा विषयान्तर गरेर शिक्षा र शिक्षक कर्मचारीप्रति प्रतिशोध साध्न लागेको उनले बताए । यो अध्यादेशका विरुद्धमा शिक्षकका पेसागत सङ्घ, सङ्गठन फेरि एकपटक आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending