अछाम । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट सुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण गर्ने गरेर मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्झौता गरिएको हो । कामीको घर निर्माणका लागि मंगलसेन नगरपालिका–५ को वडा कार्यालयमा वडा अध्यक्ष झंकरप्रसाद भाटसँग बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भूकम्प पश्चात क्षतिको विस्तृत आँकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनोट गरेर पुनर्निर्माण र सबलीकरणको काम थालनी गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको समन्वयमा लाभग्राहीहरुसँग सम्झौता गरेर निजी निवास निर्माणको काम अघि बढाइएको बताइएको छ । लाभग्राहीले तीन किस्तामार्फत निर्माण वा मर्मतको रकम पाउने प्राप्त गर्ने छन् । सम्झौता गर्ने क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी लम्साल, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, वडा अध्यक्षहरु र लाभगाहीको रहेका थिए ।
२०७९ कात्तिक तेस्रो साता गएको भूकम्पका कारण अछामका दश स्थानीय तहमा पाँच हजार ५४० घरपरिवारको आवास पुनर्निर्माण र सबलीकरण गरिने भएको हो । जस अनुसार मंगलसेन नगरपालिकामा ४५६, कमलबजारमा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपलिकामा ८९ घरपरिवार लाभान्वित हुने भएका छन् । यस्तै, साँफेबगर नगरपालिकामा दुईहजार ४२८, रामारोशन गाउँपालिकामा दुई सय, मेल्लेख गाउँपालिकामा ६०३, तुर्र्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ निजी आवास पुनर्निर्माण र प्रबलीकरणमा रहेका छन् ।
“भूकम्पपीडितले हामीलाई सताई रहेका थिए, बल्ल सरकारले नै घर बनाइ दिने भएपछि हामीलाई पनि सहज भएको छ ।” मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको भनाइ छ । छनोट भएका लाभग्राहीलाई वडा तहमै सम्झौता गरेर काम गरिने नगरप्रमुख बोहराको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: