Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बाँकेमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम

खबरडबली संवाददाता

बाँके । बाँकेमा सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले नेपाल–भारत नाका क्षेत्रमा बसोबास गर्ने जनतासँग प्रहरीको सम्बन्ध सुदृढ हुन थालेको छ । 

सीमावासी अहिले प्रहरीसँग घुलमिल भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए । उनले जिल्लाको दुर्गम मानिने नरैनापुर नाकामा सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध बनाउन विभिन्न कार्यक्रम गरिरहेकोले प्रहरी हाम्रो साथी हो भन्ने भावना जनतामा बढ्दै गएको बताए । 

सोही प्रकारले डुडुवा गाउँपालिकाको खडैंचा नाकामा पनि सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि गरिरहेकोले स्थानीयसँग प्रहरीको सम्बन्ध निकै राम्रो भइरहेको डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । 

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले अहिले जिल्लाका सीमा क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र छलफल गर्दै आएको छ । सीमा क्षेत्रबाट आवागमन गर्नेको सुविधाका लागि शौचालय, खाने पानी र प्रतीक्षालय निर्माण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । 

नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकी बिहिबारबाट सञ्चालनमा ल्याइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सीमानाको सुरक्षा र अपराधिक गतिविधि रोक्न जनतासँग प्रहरीको सम्बन्ध राम्रो हुनु आवश्यक भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE