अमेरिका । अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो । यो मिसनलाई ब्लु ओरिजिनले एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
“लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ । “न्यू ग्लेनले अन्तरिक्षको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमा ‘कार्मन लाइन’ पार गरेको छ !” फर्मले प्रक्षेपणको केही मिनेटपछि गरेको पोस्टमा उल्लेख छ ।
न्यू ग्लेन इन्जिनबाट छुट्टिएर दोस्रो चरणमा प्रवेश गरिसकेको छ र अहिले न्यू ग्लेनको दोस्रो इन्जिन र पेलोड अब कक्षमा पुगेका छन् । प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यू ग्लेन नाम दिइएको ३२० फिट (९८ मिटर) अग्लो रकेटको प्रारम्भिक परीक्षण सोमबार बिहान गरिने तयारी भए पनि प्रक्षेपणको तयारीको अन्तिम क्षणमा पटक–पटक रोकिएपछि प्रक्षेपण मिसनलाई स्थगित गरिएको थियो ।
अमेजनका संस्थापक बेजोसले विश्वको एक मात्र आफूभन्दा धनी व्यक्ति एलन मस्कसँगको प्रतिस्पर्धालाई न्यू ग्लेन–१ (एनजी–१) को सफलतासँग हेरेको अन्तरिक्षबारे जानकार विश्लेषकहरूले बताउने गरेका छन् । मस्कको कम्पनी स्पेसएक्सले आफ्नो उत्कृष्ट फाल्कन ९ रकेटमार्फत कक्षीय प्रक्षेपणले व्यावसायिक क्षेत्र, पेन्टागन र नासाका लागि महत्वपूर्ण प्रभाव जमाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: