ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।
साँघुको मैदानी सुके लामपोखरी खर्केली बहुउद्देश्यीय कृषक समूहमा आवद्ध किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा स्थानीय किसानलाई हाते ट्रयाक्टर, पाइप, स्प्रिङकललगायतका सामग्री वितरण गरिएको छ । यता कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अनुदानमा पाएको सामग्रीलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरेका छन् ।
अनुदान प्राप्त गरेपछि त्यसको सही सदुपयोग गरी दिगो तथा व्यावसायिक बनाउन सकेमा आत्मनिर्भर बन्नलाई टेवा पुग्ने अध्यक्ष वनेमको भनाइ छ । उनले स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले नै गाउँपालिकाले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिए । आलु पकेट क्षेत्रका लागि साँघुको जग्गा उपयुक्त रहेको र कृषक समूहमा आवद्ध किसानले यसवर्ष करिव ८० रोपनी जग्गामा आलु खेती लगाएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...
आषाढ़ २९ गते, २०८३ - ०७:५४
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...
आषाढ़ २९ गते, २०८३ - ०७:४८
विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...



प्रतिकृया लेख्नुहोस्: