दोहा । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर गर्न बुधबार अन्तिम प्रयास गरिरहेको बबताएका छन् ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविरामका लागि मध्यस्थता गर्ने र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका इजिप्टका समकक्षी अब्देल फतह अल–सिसीले मङ्गलबार टेलिफोन वार्तामा इजरायल र हमास दुवैले सम्झौताका लागि लचकता देखाउनुपर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौताबारे छलफल गर्न मङ्गलबार अबेर राति उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका थिए भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘बल अब हमासको कोर्टमा रहेको’ बताएका थिए ।
ब्लिन्केनले भने, “यदि हमासले स्वीकार गर्यो भने यो सम्झौताले पूर्णता पाउनेछ र कार्यान्वयनको चरणमा जानेछ ।”
वार्ताबारे जानकार एक इजरायली स्रोतका अनुसार बुधबार दोहामा वार्ता जारी छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले वार्ता अन्तिम चरणमा पुगेको र मध्यस्थकर्ताले चाँडै नै सहमतिमा पुरेयाउने विश्वास व्यक्त गर्नेछन् ।
इजरायलका विदेशमन्त्री गिदोन सारले भने, “हाम्रो तर्फबाट सम्झौताका लागि साँचो इच्छा शक्ति छ ।” गाजामा अहिलेसम्मकै सबैभन्दा घातक युद्ध अन्त्य गर्ने महिनौंको असफल प्रयासपछि पछिल्लो प्रगति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा केही दिनअघि आएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।
त्यस दिन लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९४ जना अझै गाजामा रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ४६ हजार ६४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने बताएको छ भने हमासनिकट दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलले बदलामा करिब एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ ।
सयौँको सङ्ख्यामा इजरायल ठूलो मूल्य चुकाउन तयार छ,” मेन्सरले भने । हमासनिकट स्रोतका अनुसार सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई समूहमा रिहा गर्ने उल्लेख छ ।
युद्धविरामको १६ औं दिनमा दोस्रो चरणका लागि वार्ता सुरु हुने इजरायली अधिकारीले बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार दोस्रो चरणमा ‘पुरुष सैनिक, सैन्य उमेरका पुरुष र मारिएका बन्धकहरूको शव’ सहित बाँकी कैदीहरूको रिहाई हुनेछ । प्रस्तावित सम्झौताअनुसार इजरायलले पहिलो चरणमा गाजाभित्र सुरक्षित क्षेत्र कायम गर्नेछ ।
हमासले ‘स्पष्ट र विस्तृत सम्झौता’को आशा गरेको बताउँदै अन्य प्यालेस्टिनी पक्षलाई पनि ‘प्रगति’ बारे जानकारी गराएको जनाएको छ । प्यालेस्टनी इस्लामिक जिहादका एक अधिकारीका अनुसार गाजामा हमाससँग मिलेर लडेका लडाकूहरूको एक प्रतिनिधिमण्डल वार्तामा सहभागी हुन बुधबार कतार पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: