उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा लागुऔषध दुर्व्यसन रोक्न स्थानीय युवाहरूले एकमहिने सचेतना अभियान सुरु गरेका छन् । ‘आजको युवा, नशाविरुद्धको योद्धा’ भन्ने नारासहित यहाँका युवाहरूले लागुऔषधविरुद्धको एकमहिने सचेतना अभियान सुरु गरेका हुन् ।
सचेतना अभियान सूर्योदय सुधार केन्द्र चौदण्डीगढी रिकभरी टिम र क्लिन एन्ड ग्रिन सिटी बेल्टारले संयुक्त रूपमा सञ्चालन गरेका हुन् । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको बसपार्कबाट अभियानको औपचारिक सुरुवात भएको छ ।
अभियान शुभारम्भ चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामा, पूर्वनगरप्रमुख खगेन्द्र राईले गरेका थिए । अभियानअन्तर्गत युवाहरूले लागुपदार्थ दुर्व्यसनविरुद्ध नगरभित्रका टोल–टोल र बस्ती–बस्तीमा पुगेर अभिभावक तथा १३ देखि १९ वर्ष उमेर समूहका युवासँग अन्तर्क्रिया चलाउनेछन् । नगर क्षेत्रमा लागुऔषध दुर्व्यसनको हानी नोक्सानी, लागुऔषध सेवनले समाजमा पुर्याउने बेफाइदालगायतका बारेमा सचेतना जगाउने उद्देश्य रहेको क्लिन एन्ड ग्रिन सिटी बेल्टारका प्रमुख विदुर राईले बताए ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख लामाले समाजमा विकराल बन्दै गएको लागुऔषध दुर्व्यसन रोक्न सरोकारवाला पक्षहरू सचेत भएर लाग्नुपर्ने बताए । उनले भने, ‘सभ्य समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुन्छ । यो अभियानले चौदण्डीगढी क्षेत्रमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ ।’ लामाले यस अभियानलाई सफल बनाउन नगरपालिकाले सबै खाले भूमिका निर्वाह गर्ने पनि बताए । अभियान २ माघबाट सुरु भई २ फागुनसम्म चल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: