काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले दिगो विकासको लक्ष्यलाई पूरा गर्ने सन्दर्भमा समितिले तदारुकता र सक्रियताकासाथ काम गरेको घटना स्मरण गराए । उनले भने, “दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकार र संसद्का अतिरिक्त सरोकारवाला सवै निकायको तदारुकता र समन्वयको खाँचो छ, सहयोग र समन्वयको अभावमा एउटा योजनामा तीन तहकै सरकार तथा बेग्लाबेग्लै मन्त्रालयको बजेट परेको छ ।”
दिगो विकासका लागि अत्यावश्यकीय शर्त शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी निवारण, सूचना तथा सञ्चारलगायत क्षेत्रमा केही प्रगति भएजस्तो देखिए पनि गुणस्तरको प्रश्न गम्भीर रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले तथ्याङ्कमा अब्बल देखाउने होडबाजीले वास्तविकता ओझेलमा परिरहेको धारणा राखे ।
समितिका सभापति कमलादेवी पन्तले दिगो विकासको लक्ष्य प्राप्तिलाई प्रचारप्रसार मात्र सीमित नतुल्याइ परिणाममुखी बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याए । सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले केन्द्रमा मात्र नभई कतिपय प्रदेश र स्थानीय तहमा आर्थिक अनुशासन उलङ्घन हुनेगरी विनियोजित शीर्षकभन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्ति बढेको उदाहरण प्रस्तुत गरे ।
राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले दिगो विकासको लक्ष्य प्राप्तिको स्रोत अनुमान र मध्यकालीन खर्च व्यवस्थानका विषयमा विभिन्न कोणबाट गृह कार्य गरिरहेको बताए । उनले परम्परागत र सरकारी राजस्वले मात्र लक्ष्यप्राप्ति गर्न नसक्ने भएकाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाइदिन जरुरी रहेको धारणा राखे ।
दिगो विकासको लक्ष्यसम्बन्धी विषयविज्ञ राकेश कर्णले राज्यले प्रत्येक वर्ष राजस्वको लक्ष्य बढाउँदा सेवाको गुणस्तर बढाउने कार्यक्रम तर्जूमा गर्नुपर्ने आवश्यकता रहेको बताए । यसअघि बैठकमा समितिका सदस्यहरुले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार र संसद्बीच साझा धारणा तथा समन्वयको खाँचो औँल्याए ।
समितिले गरेको नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयनको स्थिति अध्ययन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदनमा बजेट अनुशासन पालना एवं सङ्केतीकरण प्रभावकारी बनाउन सुझाव दिइएको छ । प्रतिवेदनमा लक्ष्यसँग सम्बन्धित सूचकको प्रगति प्रतिवेदनका लागि प्रणालीको विकास गर्न तथा राजनीतिक अपनत्व विकास गर्नुपर्ने सुझाव दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: