Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

मकवानपुरकाे हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी हुने

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरकाे हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला २०८१ हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम् घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मूल आयोजक समितिका संयोजक पूर्वा दोर्जे लामाले जानकारी दिए । 

प्रदर्शनीमा सहभागीलाई प्रशंसापत्रको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष लामाले नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना पुरस्कारबापत चार जनालाई ५ हजार दिइने जानकारी दिए । 

स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादित वस्तु स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउनुको साथै स्थानीय जातजातिका भेषभूषा झल्काउने र संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । साना उद्योग तथा लघुउद्यमीलाई स्थानीय उत्पादित वस्तुलाई प्रवर्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । प्रदर्शनीमा हेटौँडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सेवा तथा वस्तुहरूको प्रदर्शनी तथा विक्री गरिनेछ । नृत्य प्रतियोगितामा पनि सबै वडाको कलाकार सहभागी हुन सक्नेछन् । दुई दिनसम्म हुने मेलामा घरेलु उत्पादनका विभिन्न एक सयवटा स्टल राखिनेछ । 

मेला सञ्चालनका लागि ५७ सदस्य मूल तयारी र विभिन्न ६ वटा उपसमितिहरू निर्माण गरी प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । “शिक्षालाई रोजगारीसँग जोडौँ कला संस्कृति र भेषभुषाको जगेर्ना गरौँ भन्ने आशयसाथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

१० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, हेटौँडा ढाका उद्यमी समूह, हेटौँडा–१० जाल्पादेवी महिला उद्यमी केन्द्र, स्थानीय क्लब, आमा समूह, विद्यालयलगायत विभिन्न सङ्घ संस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाइएको छ । मेला सम्पन्न गर्नका लागि करिब १० लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending