Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बङ्गलादेशका नेता युनुसद्वारा ‘चोरी भएको’ सम्पत्ति गर्न माग

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । 

सन् २०२४ को अगष्टमा भएको क्रान्तिबाट भागेर छिमेकी मुलुक भारत पुगेकी ७७ वर्षीया हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेकाे छ । 

युनुसले भने, “अर्बौं डलरको सार्वजनिक कोष चोरीका कारण बङ्गलादेशले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ । चोरी भएको रकम त्यहाँका जनताको हो । न्याय सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्नेछौँ ।

युनुसले आफूले ‘सम्पत्ति फिर्ता हुने’ अपेक्षा गरेको बताउँदै चोरी भएको रकमलाई देश र जनताको लुटिएको सम्पत्ति हो भनेका छन् । उनले यो बङ्गलादेशका जनतालाई लुटेको मात्र नभई आर्थिक स्थायित्वतर्फको देशको प्रगतिमा धोखा भएको बताए । 

बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोग (एसिसी) ले हसिना र उनकी भतिजी, बेलायती सांसद तथा भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिकसहित उनका परिवारका सदस्यमाथि अनुसन्धान गरिरहेको छ । सिद्दिकले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिए पनि आफूले केही गलत नगरेको भन्दै आफ्रविरूद्धको आरोपको खण्डन गरेका थिए । 

एसीसीले हसिनाको परिवारमाथि गरेको अनुसन्धान रूसको आर्थिक सहयोगमा सञ्चालित आणविक ऊर्जा प्लान्टसँग जोडिएको पाँच अर्ब अमेरिकी डलरको अनियमितता र राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटको कथित जग्गा हडप्नेसँग योजनासँग जोडिएको छ । ब्रिटिस सन्डे टाइम्सको अनुसन्धानले सिद्दिकले दुई बङ्गलादेशी व्यवसायीसँग जोडिएको अफशोर कम्पनीले किनेको लण्डनको फ्ल्याटमा वर्षौं बिताएको दाबीबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो । 

उक्त फ्ल्याट हसिना, उनको परिवार र उनको अपदस्थ सरकारसँग सम्बन्ध भएका एक बङ्गलादेशी वकिललाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो । सिद्दीक र उनको परिवारलाई हसिनाको अवामी लिग पार्टीका सदस्य वा सहयोगीहरूले किनेको लण्डनका अन्य थुप्रै सम्पत्तिहरू दिइएको वा प्रयोग गरिएको पनि बताइएको छ । 

“ट्युलिप सिद्दिकले लण्डनमा कमाएको पैसा र सम्पत्तिको स्रोत राम्ररी नखुलेको हुन सक्छ”, युनुसले भने, तर, अब उनलाई थाहा छ, उनले बङ्गलादेशका जनतासँग माफी माग्नुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: