काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
गत आइतवारदेखी सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएकाे हाे ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्याले उनीबिरुद्धसहित मुद्दा दर्ता गरेको थियाे । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथी लागेको छ ।
यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । याेसँगै उनले दाेस्राे पटक गरी १ कराेड २५ लाख धराैटी बुझाउनु पर्ने भएकाे छ ।कास्कीमा रवि ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: