सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त टोलीले स्थानीय करिब ४५ वर्षीय दयाराम ठाकुरलाई लागुऔषधसहित पक्राउ गरी थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको सिराहा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घरमै भेटिएका ठाकुरले बोकेको कालो रङको प्लास्टिकको झोलामा लागुऔषध र कोठामा प्रयोग गरिएको सुई, प्रयोग भइसकेको एक सय एमएलको विक्सडिन तीन बोतल भेटिएको छ ।
त्यसबाहेक उनले बोकेको झोलामा ३०-३० एम्पुल डाइजिपाम, प्रोमेथाइजन हाइड्रोक्लोराइड, बुप्रेनर्फिन इन्जेक्सन र एक सय एमएलको १४ बोतल कफ लिंकट्स बरामद भएपछि तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - २१:००
जाकार्ता । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।...
फाल्गुन ६ गते, २०८१ - २०:१९
रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रु...
फाल्गुन ६ गते, २०८१ - २०:१०
सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृष...
फाल्गुन ६ गते, २०८१ - १९:५७
काठमाडौं । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएक...
फाल्गुन ६ गते, २०८१ - १९:५०
पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मङ्गलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र वि...
फाल्गुन ६ गते, २०८१ - १९:४५
टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले...
फाल्गुन ६ गते, २०८१ - १९:३९
सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरा...
फाल्गुन ६ गते, २०८१ - १९:३५
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् । अनेरास्ववियु...
फाल्गुन ६ गते, २०८१ - १९:२८
काठमाडौं । सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्य...
फाल्गुन ६ गते, २०८१ - १८:५९
काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेय...
प्रतिकृया लेख्नुहोस्: