सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताएका छन् ।
सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उनले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताए । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताए ।
आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्द्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उनले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास गर्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताए । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराए ।
उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताए । नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिँदै उनले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताए ।
आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताए ।
सुकुटेको पर्यटन प्रवर्द्धन अभियान नै चलाएको उल्लेख गर्दै उनले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराए । ‘हामीले पार्टी बैठक हुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’
कार्यक्रमका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८२ - २०:१९
उदयपुर । उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...
कार्तिक २२ गते, २०८२ - २०:१६
सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...
कार्तिक २२ गते, २०८२ - १८:५२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...
कार्तिक २२ गते, २०८२ - १८:४६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...
कार्तिक २२ गते, २०८२ - १८:३४
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...
कार्तिक २२ गते, २०८२ - १८:२८
रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...
कार्तिक २२ गते, २०८२ - १८:२४
टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...
कार्तिक २२ गते, २०८२ - १८:१९
इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...
कार्तिक २२ गते, २०८२ - १८:१७
तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...
कार्तिक २२ गते, २०८२ - १८:१५
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...




प्रतिकृया लेख्नुहोस्: