प्रयागराज । आज महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ । यस्तो अवस्थामा उनी संगममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ ।
निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले संगममा स्नान गर्ने बताए । अस्वस्थ भए पनि उनी संगममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए । ‘उनलाई एक किसिमको एलर्जी छ । यस्तो भीडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पुजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुदैँछ ।’
लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् । ‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।
उनका अनुसार हिन्दू परम्परा अलौकिक छ किनभने ती मानिसहरू पनि यसमा सामेल हुन चाहन्छन्, जसले यो परम्परालाई कहिल्यै देखेका, बुझेका वा थाहा पाएका छैनन् ।स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ । उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समुहमा विभाजन गरिएको छ । सन्यासी अखाडा, बैरागी अखाडा र उदासीन अखाडा । जुना अखाडा र निरञ्जनी अखाडा लगायत ७ वटा अखाडा सन्यासी समूहका अङ्गको रूपमा रहेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: