महोत्तरी । महोत्तरी जिल्लाको मात्रै नभई सम्भवतः यस भेगकै सबभन्दा ठुलो पोखरीको रूपमा चिनिएको रामगोपालपुर ३ दोलाढीका सौतेनिया पोखरी ओझेलमा परेको छ ।
पिकनिक स्पट, डुङ्गा सयर, शान्त र रमणीय ठाउँको रूपमा त्यसलाई विकास गर्न सकिने भए पनि प्रचारप्रसार हुन नसक्दा सो पोखरी ओझेलमा परेको रामगोपालपुर नगरपालिकाका वयोवृद्ध लक्ष्मी मण्डलले जानकारी दिए ।
करिब २२ बिघामा फैलिएको सो पोखरी सम्भवतः नेपालकै सबभन्दा ठुलो पोखरी हुन सक्ने दाबी गर्दै मण्डलले भने, "उचित प्रचारप्रसार नहुँदा तथा पोखरीमा प्रचारप्रसारका लागि अत्यावश्यक काम हुन नसक्दा पोखरीबारे धेरै जना अनभिज्ञ छ ।" जलेश्वर जनकपुर सडकखण्डबाट करिब १०० मिटर पश्चिममा पर्ने सो पोखरी ९४५ हाथ लामो भएको जनाइएको छ । स्थानीय वयोवृद्ध मण्डलले स्थानीय पालिका निर्माण भएपछि पोखरीबारे चासो, चिन्ता र कामहरू केही भए पनि अपेक्षाकृत हुन नसकेको बताए ।
सो पोखरी कसले र कुन समयमा निर्माण गराएको हो सो को यकिन तथ्याङ् नभएको बताउँदै वयोवृद्ध लक्ष्मी मण्डलले भने, "कुनै राजा, महाराजले सो पोखरी निर्माण गराएको हुन सक्ने आँकलन गर्न सकिन्छ, किनकी पोखरी वरपर माटो खन्दा ठुलठुला आकारको इँटहरू फेला पर्ने गरेको छ ।"
रामगोपालपुर एफएमका सञ्चालक किशोर कुमार ठाकुरले सौतेनिया पोखरी कुनै राजा, महराजाहरूले सुखसयलका लागी निर्माण गराएको हुनसक्ने स्थानीयवासीहरूको भनाइ छ । कतिपयले सो क्षेत्रमा विगतमा गढ समेतले पोखरी ऐतिहासिक रहेको बताए । सौतेनिया पोखरीको वरपर विगतमा कुनै गढ वा के थियो त्यो भने अनुसन्धानको विषय रहेको बताउँदै युवा ठाकुरले स्थानीय पालिकाले सो क्षेत्रलाई उत्खनन् गराउनुपर्ने सल्लाह दिए ।
स्थानीय बुढापाकाहरूले करिब २२ बिघामा फैलिएको पोखरीको बिचमा खेतको आलीझै दुई भाग देखिएकोले पोखरीको नाम सौतेनिया रहेको बताउँदै पोखरीको डिलमा सौतेनिया माई तथा पोखरीको पूर्वपट्टी शिव निल महादेवको मन्दिर समेत रहेको छ । कतिपय स्थानीयवासीहरूले सो पोखरीभित्र दुई वटा इनार भएको कारण सो पोखरीलाई सौतेनिया पोखरी भनिँदै आए पनि के कारणले सौतेनिया पोखरी नामाकरण गरिएको हो त्यस्को अनुसन्धान गर्नु आवश्यक रहेको युवा किशोर ठाकुरले बताए ।
बर्दिवास जलेश्वर राजमार्गमा पर्ने सो पोखरीबारे अनुसन्धान गरिए थप कुराहरू बाहिर आउने र ऐतिहासिक दस्तावेज समेत हुने भएकोले सो को अनुसन्धान हुनुपर्ने माग स्थानीयवासीहरूको छ । पर्यटन विकासमा सौतेनिया पोखरीले समेत टेवा दिने भएकोले स्थानीय पालिका, प्रदेश सरकार समेतले यसलाई चासो दिई उत्खनन् र अनुसन्धान गर्नुपर्ने स्थानीय वयोवृद्ध लक्ष्मी मण्डलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: