काठमाडौं । काठमाडौंका एक लाख भन्दा बढी किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने ह्युमन प्यापिलो भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले काठमाडौँका एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एचपिभी विरुद्धको खोप लगाइने जानकारी दिए ।
सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सोही अभियानमा काठमाडौँमा १३८ वडाका १४६ स्वास्थ्य संस्था र एक हजार १८६ विद्यालयबाट खोप प्रदान गर्ने जानकारी दिए ।
यो खोप सरकारले अगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क प्रदान गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्वीकृत भएकाले खोप सुरक्षित र प्रभावकारी रहेको विष्टले जानकारी दिए ।
एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआतिन विष्टको अनुरोध छ ।
उनका अनुसार अहिले एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरेर किशोरीलाई दिँदै आएको छ । यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेकोले ढुक्कसँग खोप लगाउन उनको सुझाव छ । एचपिभी खोप एक प्रकारको भाइरस हो । एचपिभीको दुई सय भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: