Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान

खबरडबली संवाददाता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्सन’ बाट सम्मानित गरिएको घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जाल ‘एक्स’मा पोप फ्रान्सिसको प्रशंसा गरेका छन् भने पोपको महत्वपूर्ण प्रभाव र योगदानको कदर गर्दै उनलाई ‘पिपुल्स पोप’ को संज्ञा दिएका छन् । “पोप फ्रान्सिस, तपाईंको नम्रता र अनुग्रह शब्दहरूले व्याख्या गर्ने अवस्थाभन्दा बाहिर छ, र सबैका लागि तपाईंको प्रेम अतुलनीय छ । ‘पिपुल्स पोपका रूपमा तपाईं विश्वास, आशा र प्रेमको ज्योति हुनुहुन्छ, जुन संसारभरि चम्किरहेको छ,” अमेरिकी राष्ट्रपति बाइडेनले भने । 

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले पोपसँग कुराकानी गरी सम्मानको घोषणा गर्नुभएको छ । यो संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान हो । यो पुरस्कार ‘संयुक्त राज्य अमेरिकाको समृद्धि, मूल्य मान्यता वा सुरक्षा, विश्व शान्ति वा अन्य महत्त्वपूर्ण सामाजिक, सार्वजनिक वा निजी प्रयासहरूमा अनुकरणीय योगदान’ गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ ।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा रहँदा पहिलो पटक प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिंक्सन प्रदान गरेका थिए । ‘द हिल’का अनुसार अमेरिकी इतिहासका दोस्रो क्याथोलिक राष्ट्रपति बाइडेनले रोम भ्रमण गरी पोपलाई सम्मान गर्ने योजना बनाउनुभएको तर लस एन्जलसमा लागेको डढेलो र आगलागीका कारण भ्रमण रद्द गर्नुभएको उनको कार्यालयले बताएको छ । 

‘द हिल’का अनुसार दुई नेताबिच अन्तिम पटक बाइडेन जी–७ शिखर सम्मेलनका लागि इटालीमा रहेका समय गत जुनमा भेट भएको थियो । अक्टोबर २०२१ मा कन्जरभेटिभ क्याथोलिक बिशपहरूले बाइडेनलाई गर्भपतनको अधिकारको पक्षधर अडानका कारण मेलमिलाप प्राप्त गर्न अनुमति दिने कि नदिने भन्ने विषयमा विचार गरिरहेका बेला उक्त भेट भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: